Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
साहित्य
  • Home
  • साहित्य
  • आचार्यको ‘आरोह अवरोह’ विमोचन 
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २७, २०८३

नेपालगन्ज - शिक्षाविद् तथा साहित्यकार किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ एक विशेष समारोहबीच मंगलबार विमोचन गरिएको छ । असल शासन मिडियाद्वारा प्रकाशित उक्त कृतिको लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. विनोद प्रसाद ढकाल, लेखक आचार्य, आचार्यका पती प्रा. डा. जनार्दन आचार्य, वरिष्ठ साहित्यकार सनत रेग्मी, लेखक नरेन्द्र जंग पिटर, भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्क, असल शासन मिडियाका अध्यक्ष नमस्कार शाह लगायले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. विनोद प्रसाद ढकालले आत्मकथा कुनै व्यक्तिको जीवन वृत्तान्त मात्र नभई समाज र समयको इतिहास पनि हुने बताए । उनले किरण आचार्यको जीवनयात्रा संघर्ष, समर्पण र निरन्तरताको उदाहरण रहेको उल्लेख गर्दै ‘आरोह अवरोह’ ले शिक्षा, समाज र राष्ट्रप्रतिको जिम्मेवारीबोधलाई समेत उजागर गरेको धारणा राखे । उनले पुस्तकले आगामी पुस्तालाई जीवनका कठिन परिस्थितिसँग जुधेर सफलता हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

वरिष्ठ साहित्यकार सनत रेग्मीले किरण आचार्य नेपाली साहित्य र शिक्षा क्षेत्रमा परिचित तथा सम्मानित नाम भएको उल्लेख गर्दै आत्मकथाले एक महिलाको संघर्षशील जीवनको यथार्थ चित्रण गरेको बताए । उनले पुस्तकमा समेटिएका अनुभव, भोगाइ र विचारहरूले पाठकलाई भावनात्मक र बौद्धिक रूपमा समृद्ध बनाउने धारणा व्यक्त गरे । रेग्मीले साहित्य समाजको ऐना भएकाले आचार्यको कृतिले समकालीन समाजलाई बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने बताए ।

Hardik health

लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले आत्मकथा लेखन साहसको विषय भएको बताउँदै किरण आचार्यले आफ्ना जीवनका उतारचढावलाई निसंकोच रूपमा प्रस्तुत गरेको उल्लेख गरे । उनले पुस्तकमा व्यक्तिगत अनुभवसँगै देशको राजनीतिक, सामाजिक र शैक्षिक अवस्थाबारे पनि उल्लेख गरिएकाले यो केवल आत्मकथा मात्र नभई समकालीन समयको दस्तावेज बनेको बताए । उनले यस्ता कृतिले इतिहास र समाज बुझ्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्कले पुस्तकले भाषा, साहित्य र समाजलाई जोड्ने काम गरेको बताए । उनले किरण आचार्यको साहित्यिक योगदानको प्रशंसा गर्दै पुस्तकमा प्रयोग गरिएको भाषा सरल, सहज र पाठकमैत्री रहेको उल्लेख गर्दै पुस्तकले नयाँ पुस्तालाई साहित्य, शिक्षा र सामाजिक उत्तरदायित्वप्रति आकर्षित गर्न सहयोग पुर्‍याउने बताए ।कार्यक्रममा हरित अभियन्ता हेमन्तराज काफ्लेले किरण आचार्यलाई सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यप्रति समर्पित व्यक्तित्वका रूपमा चित्रण गरे । उनले आचार्यले शिक्षा क्षेत्रमार्फत समाजमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए ।

साहित्यकार भोजराज शर्माले किरण आचार्यको साहित्यिक तथा सामाजिक व्यक्तित्वबारे चर्चा गर्दै उनी निरन्तर अध्ययन, लेखन र समाजसेवामा सक्रिय रहेको बताए । निडर र हक्कि स्वभावको ब्यक्तित्व भएकोे उल्लेख गर्दै आचार्यको जीवनयात्रा धेरैका लागि प्रेरणाको स्रोत भएको शर्माको भनाइ थियो ।मंगल प्रसाद नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्ध्या गुप्ताले आचार्यको शैक्षिक नेतृत्व, अनुशासन र कार्यक्षमताको चर्चा गर्दै शिक्षा क्षेत्रको विकासमा उनको योगदान महत्वपूर्ण रहेको बताए । उनले आचार्यले शिक्षण पेशामा देखाएको समर्पण भाव अनुकरणीय रहेको उल्लेख गर्दै आफ्नो जीवनको रोलमोडल भएको गुप्ताले बताइन् ।

असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहले पुस्तकको प्रकाशन प्रक्रिया तथा विषयवस्तुबारे जानकारी गराउँदै ‘आरोह अवरोह’ ले जीवनका विविध अनुभव, संघर्ष र सफलताका कथाहरूलाई समेटेको बताए । उनले पुस्तकले पाठकलाई जीवनका यथार्थ पक्ष बुझ्न र चुनौतीहरू सामना गर्न प्रेरित गर्ने विश्वास लिएको बताए ।लेखक किरण आचार्यले आफ्नो जीवनका भोगाइ, संघर्ष, सफलता र असफलताका अनुभवलाई पुस्तकमा समेटिएको बताइन् । उनले बाल्यकालदेखि शिक्षण पेशामा प्रवेश गर्दासम्मका अनुभव, पारिवारिक तथा सामाजिक चुनौती, जीवनमा भोगेका उतारचढाव र त्यसबाट सिकेका पाठलाई पुस्तकमा समावेश गरिएको जानकारी दिदै पुस्तक लेखनको उद्देश्य आफ्ना अनुभवलाई समाज र आगामी पुस्तासम्म पुर्‍याउनु रहेको आचार्यले बताइन् ।

पुस्तकमा आचार्यको बाल्यकाल, शिक्षण क्षेत्रका अनुभव, विभिन्न चुनौती र संघर्ष, सामाजिक तथा पारिवारिक जीवन, देशको राजनीतिक अवस्था, साहित्यिक यात्रा तथा जीवनका विविध आरोह-अवरोह समेटिएका छन् । असल शासन मिडियाका प्रबन्ध निर्देशक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका १०० जनाको सहभागिता रहेको थियो ।
 


प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
‘नवल खड्का’ पुस्तक बजारमा
‘नवल खड्का’ पुस्तक बजारमा आइतबार, असार २१, २०८३
मुस्कानभित्र लुकेको पीडा खोज्दै ‘डोपामिन’ 
मुस्कानभित्र लुकेको पीडा खोज्दै ‘डोपामिन’  मंगलबार, असार १६, २०८३
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक  सोमबार, असार १५, २०८३
सुनुवार राष्ट्रसेवक समाजको दोस्रो स्मारिका विमोचन 
सुनुवार राष्ट्रसेवक समाजको दोस्रो स्मारिका विमोचन  आइतबार, असार १४, २०८३
भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत
भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत शुक्रबार, असार १२, २०८३
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह आइतबार, असार ७, २०८३
सिक्किम नेपाली साहित्यिक भेटघाट,१५ कविहरुको कविता प्रस्तुत
सिक्किम नेपाली साहित्यिक भेटघाट,१५ कविहरुको कविता प्रस्तुत बुधबार, जेठ २७, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP