Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • थर र गोत्र कसरी रहन गयो ?
थर र गोत्र कसरी रहन गयो ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ११, २०७७
photo
Hardik health
मानव जातिको विकास क्रमलाई हेर्ने हो भने हिन्दू धर्मअनुसार पृथ्वीको उत्पत्तिसँगै सृष्टिकर्ता ब्रह्माको समयमा पुग्नु पर्ने हुन्छ । तर हामीले मानव सभ्यतालाई प्रथामिकता दिने हो भने नेपाली तथा भारतीय सिन्धुघाँटी नदी सभ्यता विश्वको प्राचीन सभ्यतामध्येको एक प्रमुख सभ्यता मानिन्छ । यो हडप्पा सभ्यता र सिन्धु–सरस्वती सभ्यताका नामले पनि चिन्ने गरेको पाइन्छ, हिन्दू धर्म अँगालेकाहरुको विभिन्न थर र जात रहेको पाइन्छ । ती थरहरू पनि विभिन्न गोत्रमा या ऋषिमुनिको नामबाट बाँडिएका छन् । हिन्दू धर्ममा अस्थावान् भएका विभिन्न जात जातिका मानिसहरूबाहेक अरूले आफ्नो गोत्रको खासै परवाह गरेको पाइँदैन । हिन्दू समाजमा गोत्र शब्दले एक प्राचीन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुनमाथिबाट तलतिर क्रमशः अटुट रुपमा फैलँदै जाने क्रम हुन्छ अर्थात् एक वंश या सन्तानको छोरा, नाति, पनाति, हुँदै हजारौँ वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ । उनै प्राचीन पर–बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । गोत्र उनीहरूको कुल छुट्टयाउने एउटा भरपर्दो आधार भएकाले एकै जनाबाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरूको बीच विवाहवारी चल्दैन । ऋषिमुनीहरूले आफ्ना सन्ततिहरूको पहिचानका लागि आफ्नो नामलाई संकेत शब्दको रुपमा प्रयोग गर्ने प्रणालीलाई गोत्र भनिन्छ । अर्को शब्दमा भन्नुपर्दा गोत्र भन्नाले एक मुल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो । यसरी सुरुवात भएको गोत्रलाई गोत्र पर्वतक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ । गोत्र आरम्भ मुख्यतया ऋषिमुनिहरुका नामबाट भएको विभिन्न पुराण तथा हिन्दू धर्मग्रन्थहरुमा पाइन्छ । हिन्दू समाज नेपालमा गोत्र र थरको व्यवस्था चार जात छत्तिस वर्णको साझा फूलबारी भनेझैँ गरी हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषता र भौगोलिक विविधताले युक्त एक राष्ट्र हो । नेपालको संविधान, ०७२ ले नेपाल एक धर्मनिरपेक्ष देश हो भने तापनि नेपाल एक हिन्दूहरुको बाहुल्यता भएको देश हो जहाँ, ०६८ को जनगणनाअनुसार ८१.३ प्रतिशत नेपाली हिन्दूधर्ममा रहेको पाइन्छ । यसरी विभिन्न जातजति, भाषा, धर्म र सम्प्रादयका मानिसहरुको बसोबास रहेको, शिव र पार्वतीको बासस्थान भएको पशुपतिनाथको पवित्र थलो मानिन्छ । नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन, बरु नेपाली समाज विश्वमा विकसित हुँदै आएको विभिन्न महासभ्यताको महासंगम भएको समाज हो । उत्तरको ह्वाङ्हो र याङ्सी नदीको मैदानमा विकसित भएर मौलाउँदै आएको मंगोल सभ्यता जो तिब्बत हुँदै नेपाल प्रवेश गरेको र हाल मंगोलीयनहरु भनी रहेका विशेष त नेपालको हिमाली तथा पहाडी भूभागहरुमा छरिएर रहेका छन् । युरोपबाट मध्ये एसियाको ककेसिया हुँदै मस्टोपूजक संस्कृतिसहित पश्चिम नेपाल आइपुगेको हो, खस सभ्यता । युरोपबाट नै इरान हुँदै सिन्धुघाँटी प्रवेश गरी गंगा नदीको मैदानमा बसोबास गरी वेदको रचना गरी नेपाल आइपुगेको वैदिक आर्य सभ्यता साथै मोहेनजोदारो र हडप्पाजस्ता भव्य सभ्यता निर्माण गरेका द्रविड र आस्ट्रिक जातिको सभ्यतामाथि आर्यहरूको हमलापछि पराजित भई आफू र आफ्नो वंशको रक्षाको निमित्त भागेर नेपाल प्रवेश गरेका द्रविड र आस्ट्रिक सभ्यता । यसैगरी विकसित हुँदै आएको सभ्यता हुन हाल नेपालको मानव सभ्यता । आजभन्दा करिब १४ सय वर्षअघि अरबी मुलुहरुबाट थालनी भई नेपाल आइपुगेको इस्लाम सभ्यता जो अहिले मुस्लिम धर्ममा रहेकाहरुको सभ्यता पनि एउटा महासभ्यता नै हो । नेपाली समाजमा महासभ्यतासँग सम्बन्धित दर्जनौँ जाति र समुदाय रहेको समाज पाइन्छ । यस्ता सभ्यताहरुमा वंश परम्परा, पुर्खासम्बन्धी मान्यता एवं विश्वास र जीवन दृष्टिकोणहरू पाइन्छ । एउटा जाति वा समुदायका गोत्र, थर, वंशावली वा पुर्खा सम्बन्धी दृष्टिकोणबारे अर्को जाति वा समुदायबीचमा फरक फरक चालचलन वा दृष्टिकोणहरु रहेको पाइन्छ । गोत्र, थर, वंश, परम्पराजस्ता विषयमा एक समुदायले अर्को समुदायसँग अन्तक्र्रिया नगरी नहुने स्थिति जनजीवनमा अत्यन्त कम अवस्थामा मात्र आउने भएकाले पनि त्यस्तो अर्को समुदायबारे अनविज्ञता रहन मद्दत पु¥याउँछ । अझ यसोभन्दा झनै सही होला कि नेपाली समाजमा चल्दै आएको समग्र अर्थ–राजनीतिक ढाँचाका कारणले नै नेपाली समाजमा गोत्र, थर आदिबारे भ्रमहरू रहिरहेका छन्् । नेपालको इतिहासको लामो कालखण्डमा विभिन्न शासन प्रणलीबाट राज्य सञ्चालित हुनुको साथै समय समयमा विभिन्न राजनीतिक प्रणाली, सामाजिक रुपान्तरण, विकासका पक्षहरुमा समेत परिवर्तन र केही सुधारहरु हुँदै आएको देखिन्छ । नेपालको भौगोलिक अवस्था, शासन प्रणाली ,राजनीतिक विकास एवं विभिन्न जाति, भाषा, संस्कार र संस्कृतिको विकास राजा पृथ्वीनारायण शाह अगावै र गोरखा राज्यको विस्तारपछि विकास भएको देखिन्छ । राजा पृथ्वीनारायण शाहद्वारा गोरखा राज्यको विस्तार गर्दै नुवाकोट विजयपश्चात काठमाडौंलाई विजय गरी दरबारिया कामकाजलाई काठमाडौंमा नै सारेर केन्द्रीय राज्य निमार्ण गरी राज्य सञ्चालनको क्रम वंशजअनुसार चल्दै र चलाउँदै जाने क्रम चल्दै रह्यो । नेपालमा हिन्दू उच्च जातीय पहाडिया आर्य–खसहरुले राज्य सत्ता सञ्चालन गर्न सुरु गरी पञ्चायतकालसम्म आउँदा जसरी शिक्षा, संस्कृति, कानुन, राजनीति, अर्थ, विभिन्न जातजाति, थर आदिमा एक छत्र पहाडिया हिन्दू उच्च जातीय दृष्टिकोण र मूल्य मान्यता लादियो र त्यसबाट गलत खालका भ्रम सिर्जना हुन पुग्यो । पहाडिया हिन्दू उच्च जातको मात्रै व्यवस्थित गोत्र हुने, उनीहरूको मात्रै सम्मानित थर हुने, उनीहरूको मात्रै सम्मानित वंश परम्परा हुनेजस्ता विविध असमानताहरु (उचनिच) पैदा भए । थर के हो ? थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो । करिब सात हजार वर्ष पहिले मातृप्रधान समाजको अस्तित्वलाई निमिट्यान्न पारेर पितृसत्तात्मक समाजको प्रार्दुभावसँगै वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत वृक्षको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने क्रमको विकास भयो । एउटै गोत्र र थरभित्र विवाह गर्न नहुने । नेपाल, भारतलगायत हिन्दू धर्म मान्ने राष्ट्रहरूमा सामान्यतया कुलको अर्थ बोकेका एउटै गोत्र र थरका बीच विवाह हुँदैन । नेवार जातिको एउटै थरभित्र पनि विवाह हुने प्रचलन रहेको पाइन्छ । हिमाली भोटे जातिमा नामसँगै थर भन्ने परम्परा नै थिएन तर अहिले नामसँगै थर भन्ने अरुसँगको अन्तक्र्रियाले गर्दा उनीहरूले पनि नामसँगै थर लेख्न थालेका छन्् । जनजातिमा र मुस्लिम समुदायमा पनि थरले महत्वपूर्ण स्थान ओगटेकै छ । त्यसैले नेपालमा रहेका फरक फरक समुदायका थरको अर्थ र उपादेयता फरक फरक हुन्छन् भन्ने कुरालाई बुझनुपर्दछ । यसरी सनातन मस्टो संस्कृतिलाई आफ्नो कुलकुलाइन मान्ने पहाडिया मुलका र वर्णाश्रम व्यवस्थाभित्र रहेका नेपाली मुलका आर्य तथा खस परिवारभित्रका थरहरूलाई योगी नरहरिनाथले निम्नानुसार बनेको भनी (आर्य तथा खस जातिको उत्पत्तिको बारेमा) प्रष्ट पारको पाइन्छ । १) उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिँडेका पौडेल । २) पेसासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की । ३) पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य । ४) पढाइसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा । ५) सामाजिक हैसियतको संक्रमणकालसँग सम्बन्धित जस्तै बिटुला । ६) जाति वा जातसँग सम्बन्धित, सिधै जात नै नाम थरको रूपमा प्रयोग यसभित्र पर्छन् । ७) राष्ट्रियतासँग सम्बन्धित जस्तै, भारती, नेपाली । ८) आस्था, मान्यतासँग सम्बन्धित जस्तै शिवभक्ति, खेवा । ९) ऐतिहासिक घटना वा कूलसँग सम्बन्धित जस्तै वर्मशाखा । आदि थरको रहेको पाइन्छ । सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू अधिकारी – दराको हाकिम लेखक – लेखक खड्का– सैनिक दर्जा कार्की – राजस्व अधिकृत महत– ग्राम प्रमुख राना – सैनिक दजा भट्ट – राज पुरोहित वा धर्माधिकारी रोकाया– महतको सहयोगी बुढा– सैनिक दर्जा भण्डारी– राजकीय कोषको प्रमुख थापा– सैनिक दर्जा बस्नेत– सैनिक दर्जा कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू जुम्ला जिल्ला धिता– धिताल पाण्डुसेरा– पाण्डे सिञ्जा–सिंजापति चैडिलागाउँ –चौलागाईं प्याकुरी–प्याकुरेल सिम्खाडा–सिम्खडा बझाङ जिल्ला रेगम– रेग्मी सोत– सोती खार– खरेल,खराल सुवाडा–सुबेडा, सुवेदी बयाना– बनियाँ, बानियाँ रुकुम जिल्ला सर्पुकोट–सापकोटा मुगु जिल्ला खनाया– खनाल कालैगाउँ– कल्यान खत्याड– खतिवडा दाङ जिल्ला रजौरा– रजौरिया अछाम जल्ला तिमिल्सैन–तिमिल्सिना, तिम्सिना घमिराउँ–घिमिरे देवकोट– देवकोटा ढुंगानी– ढुंगाना ढाँकु– ढकाल बजगाउँ– बजगाई रिमा– रिमाल, रसाइली स्वाँरा– स्वार घोडासैन– घोडासैनी पुरासैन– पुडासैनी धमाली– धमला दर्ना– दर्नाल कुइका– कुइँकेल, चाल्सा– चालिसे बारला–बराल लामिसाल– लम्साल बैतडी जिल्ला गाजरी–गजुरेल बाजुरा जिल्ला जमकट्टी– जमरकट्टेल छाती– छन्त्याल कुँडी– कुड्याल बेलकाटे– केलकाटिया खातिवाडा– खाती डोटी जिल्ला डोटेखेला– डोटेल निरौली– निरौला ओझाना– ओझा बोगटान– बोगटी मुडभरा–मुडभरी कालिकोट जिल्ला खिट्किसैन– खिर्सिने भुतौ– भुर्तेल राँचु– रुचाल गेला–गेलाल बञ्जाडा–बञ्जाडे बाँझकोट–बाझकोटा दैलेख जिल्ला लामाछान्नी–लामिछाने बाँस्कोट–बास्कोटा बाँस्तोली–बास्तोला सातला– सत्याल लुयाटी–लुईंटेल चापागाउँ– चापागाईं नेपा–नेपाल रिजु्– रिजाल पोखर– पोखरेल लम्सु– लम्साल लम्जी– लम्जेल दह– दाहाल, दहाल गैह्रा–गैह्रे, गैरे भूर्ति– भूर्तेल पराजुल–पराजुली कोइराली–कोइराला दवाडा– दवाडी कट्टील–कट्टेल भुषाकोट– भुषाल सुइय–सुञेल वड–वडाल मोडासैन–मरासैनी,मरासिनी गुरगाउँ– गुरागाईं गोत्र के हो ? गोत्रको अर्थ कल या वंश भन्ने हुन्छ । गोत्र भन्नाले आदि पुरुष, वंश सञ्चालन व्यक्ति, खलक, कुल, सन्तान भन्ने बुझिन्छ । यजुर्वेदिक कालबाट ऋषिमुनिहरुले गोत्रको सुरुवात गरेको देखिन्छ । गोत्रसँगै महर्षिहरुको नाम पनि सँगै आउने भएकाले पनि विशेषतः संस्कृत शब्दकोष अनुसार वंशविस्तार गर्ने महर्षिहरु गौतम, विश्वामित्र, जमदग्नि, भारद्वाज, अत्रि, वशिष्ठ र कश्यप यी सप्तर्षिका साथै अगस्त्य ऋषिका जति सन्तान छन्् तिनलाई गोत्र भनिन्छ भनी विभिन्न हिन्दू धार्मिक ग्रन्थहरु या पुराणहरुमा उल्लेख गरेको पाइन्छ । जसमा प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरूका रूपमा उल्लेख गरेका छन्् (मोर्गन सन् १९६४)। अर्थात्् गोत्र भन्नाले एउटै हजुरआमाका सन्ततिहरूको मानव झुण्ड हो । त्यतिबेला बाबुको पहिचान नहुनाले हजुरआमाका सन्तानलाई मानिएको हो, किनकि आमा मात्र निश्चित पहिचान हुने अवस्था थियो । त्यसपछिका सबै जसो समाजशास्त्रीले पनि मानव समाजमा देखापरेको सुरुको गोत्र प्रणालीलाई एउटै हजुरआमाका रक्त नाताका सन्ततिको झुण्ड थिए भन्ने कुरा स्वीकार गरेका छन्् । यसप्रकार मानव समाजको विकास क्रमलाई हेर्ने हो भने एउटै पुख्र्यौली रक्तखलकका मानिसको एक झुण्ड थियो । तर आदिम सभ्यताको समाज यात्रा गर्ने क्रममा सयौँ जाति, हजारौँ उपजातिमा विभक्त र विकसित भएर फैलिएको आजको आधुनिक समाज नै आदिम समाजको एक चिनारी हो । त्यसैले गोत्रको त्यो शैशवकालीन अवस्था, परिभाषा र बुझाइ आज जस्ताको जस्तै छैन । मातृप्रधान समाजको अस्तित्वलाई निमिट्यान्न पारेर पितृसत्तात्मक युगको पनि आज करिब ७ हजार वर्ष पार गरिसकेको स्थितिमा आजका मानवशास्त्रीहरूले भनेझैँ कुनै पनि जातिमा रक्तशुद्धता भन्ने देखिँदैन । सबै एकअर्कामा मिसिइसकेका छन् त्यसकारण गोत्र वा थरहरूबारे रक्तशुद्धता वा वंशीय श्रेष्ठताका निम्ति खोज गरिनु अब असम्भवजस्तै भइसक्यो । आजको समयमा गोत्र र थरहरूको अध्ययन आफ्ना पुर्खाहरुको लहरो पहिल्याउनेसम्मको यात्रा हो रक्त शुद्धता पाउन भन्ने गाह्रो नै रहन सक्छ । मानव समाजमा गोत्र जसरी सुरुआत भए पनि र तिनले समाज विकासमा जस्तो भूमिका खेलेका भए पनि आज तिनको रूप र अवस्था त्यही रूपमा छैन भन्ने प्रष्टै छ । त्यसै सन्दर्भमा हेर्दा नेपालमा रहेका सबै जाति समुदायको गोत्र परम्पराको अवस्था, अवशेष र रूप कुन अवस्थामा छ भनी गम्भीर अध्ययन जरुरी छ र मूलतः हुन बाँकी छ । त्यसमध्ये हिन्दू गोत्र परम्परा भने एक प्रकारले रोचक पनि छ । वास्तवमा हिन्दू परम्परा जसलाई भनिन्छ, त्यो हिन्दू उच्च जातीय गोत्र परम्परा हो । हिन्दू उच्च जातीय गोत्र भनेका ऋषिहरूका नाम हुन अर्थात् हिन्दू फरक फरक ऋषिका सन्तानहरू नै हिन्दू उच्च जात हुन भन्ने कुरा शास्त्रमा पाईछ । विशेषत ः ऋषिका चेला वा उपऋषिहरूको नामलाई चाँहि प्रवर भन्ने गरिन्छ । यसरी जो ऋषिका सन्तान हुन्छन् ती ती नामका गोत्र रहेको पाइन्छ या मान्दै आएको पाइन्छ । यसरी मनव समाजको विकास हुनेक्रममा पछिल्ला पटक विकास भएका शासन पद्धतिले बनाएका नियम विनियमले मानव मानव बिचमा उचनिचताको डरलाग्दो खाल्डो तयार पारेको देखिन्छ अहिलेको यो आधुनिक र सभ्य समाजमा (विशेषतः हिन्दू समाजमा) । हुन त आजको युगलाई आधुनि र वैज्ञानिक युग भनिन्छ । संसारका मानव एक समान हुन कसैले कसैलाई भेदभाव, छुवाछुत, उचनिच गर्न र गराउन पाईने छैन । यदि कसैले यस्तो भेदभाव गरेमा कानुनको दण्डित या भागिदार हुने भनि भनिएकोछ । तर हजारौ वर्ष देखि चलिआएको यस्तो रितलाई एकै पटक फ्याक्न भने सकिदैन,तर बिस्तारै बिस्तारै भने अवश्य हराउनेछ । हामी देख्न सक्छौ अहिलेको पश्चिमी पाश्चात्य संस्कृतिको बढ्दोरुपमा फस्टाएको प्रेम विवाहको प्रभावले गर्दा यो गोत्र या थरमाथि नै प्रश्नचिन्ह खडा गरेको छ । गएको समयमा गोत्र र थरको विषय एउटा सामान्य पारिवारिक वा व्यक्ति परिचयको अर्थमा मात्र कार्यकारी हुन थालेको छ । गोत्र वा थर बढीमा मागी विवाहमा अर्थपूर्ण अझै नभएको त होइन तर यसको महत्व र प्रभाव भने खस्कदो नै छ । गोत्रको प्रयोग अहिले विवाह गर्दा नजिकको वंशमा खप्टिन नपुगोस भन्नाका लागि मात्र उपयोग भइरहेको देखिन्छ । अब आउदा समयमा गोत्र र थरहरू केवल परिवार र व्यक्तिको एकमात्र परिचयमा सीमित हुने स्थिति नआउला भन्न सकिन्न । (लेखक रैला समाज कुलदेवता मन्दिर पराशर आश्रम, काठमाडौं, नेपाल, ०७६ का संस्थापक अध्यक्ष तथा आजीवन सदस्या हुन् ।)
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  ०५:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP