चितवन- सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका-१ बाट पक्राउ गरेको हो ।
कार्यालयका सूचना अधिकारी मनिष श्रेष्ठका अनुसार पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका-४ का ३० वर्षीय पन्चदेव महरा रहेका छन् । उनका अनुसार २०७६ चैत २३ गते खैरहनी नगरपालिका-९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र रहेको मजदुर बस्ने कच्ची घरको कोठाभित्र फेटा गाउँपालिका-३ का ४६ वर्षीय सखिचन महरा मृत फेला परेका थिए ।
उक्त घटनामा संलग्न रहेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय रत्ननगर र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।