काठमाडौं- नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित छ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका-४ बाट एक, बर्दियाको गुलरिया नगरपालिका-१ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट एक र कञ्चनपुरको भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बसपार्कबाट दुई जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन बरामद गरेको छ ।