Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • समृद्ध नेता, दुःखी नेपाली
समृद्ध नेता, दुःखी नेपाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ९, २०७७
Hardik health
  डिसेम्बर १८, २०१२ को कुरा हो । होटल अन्नपूर्णको ठूलो हल । सबै दलका उच्च तहका नेता, उद्योगी, व्यवसायी, समाजसेवी, निजामती, सेना, प्रहरीसहित देशका प्रायः सबै क्षेत्रको उच्च नेतृत्वमा रहेकाहरूले हल खचाखच छ । मञ्चमा रहेको ङ्खलेक्समा वक्ताको तस्बिरसँगै लेखिएको छ, ‘पोलिटिक्स इन साउथ एसिया ।’ दुईदशक लामो पत्रकारिता अभ्यासका क्रममा मैले त्यो बाहेक कुनै प्रवचनमा त्यस तहका मानिस एकै ठाउँमा भेला भएको कहिल्यै देखिनँ । त्यस दिनका मुख्य आकर्षण थिए–म हात्मा गान्धीका नाति भारतका पूर्वराज्यपाल गोपालकृष्ण गान्धी । प्रवचनका क्रममा गान्धीले भने– राजनीति समाजको उत्थानमा समर्पित सबैभन्दा उच्च कोटीको सेवा हो । नेतृत्वले विश्वसनीयतामा जोड दिन्छ र त्यो निष्कपट तथा हदैसम्म सत्यनिष्ठ हुन्छ । गान्धीको विचारमा राजनीतिशास्त्रका लागि सर्वस्विकार्य हुनुपर्ने यो मान्यता दक्षिण एसियाली मुलुकका सन्दर्भमा भने अपवादसरह छ । यहाँको साझा भनेकै वंशवाद, धनवाद र डनवाद हो । गान्धीकै शब्दमा दक्षिण एसियामा नेतृत्व होइन, नेतागिरीको प्रभुत्व छ । निष्ठा, इमान र सिद्धान्तको राजनीतिमा विश्वास नगर्नेहरू नै अहिले राजनीतिमा सफल हुन्छन् । सार्वजनिक खपतका लागि लोकप्रियता मात्र खोज्छन् । तिनै सफल हुन्छन् जो दुईजिब्रे र कपटी छन् । नेतृत्वको जग देश र जनताको हितमा आधारित हुन्छ भने नेतागिरी व्यक्तिगत नाफाघाटाको हिसाब गर्दै धन र डनको आडमा चल्छ । राजनीतिलाई आय आर्जनको माध्यम बनाइन्छ र सार्वजनिक तथा संवैधानिक संस्थालाई दल, गुट र व्यक्तिको हितमा दुरूपयोग गरिन्छ । नेतागिरी गर्नेहरू पार्टीमा सदस्य होइन आङ्खना आदेशपालक एजेन्ट राख्न चाहन्छन् । आश्वासन बाँड्छन् । कामभन्दा बढी रणनीतिक प्रचारमा विश्वास गर्छन् । आफूसँग फरक मत राख्ने र चुनौती दिन खोज्नेलाई जरैदेखि समाप्त पार्न नानीदेखिकै बल लगाउँछन् । गोपालकृष्ण गान्धीले नेतृत्व र नेता गिरीको फरक छुट्ट्याउँदै भनेका थिए– सडकमा यात्रा गरिरहँदा रातो बत्ती बल्यो भने सच्चा नेता नियमको पालना गर्दै हरियो बत्तीको प्रतीक्षा गर्छ । नेतागिरी गर्ने व्यक्ति चाहि“ पेलेर जान्छ र भन्छ– देख्यौ म कति शक्तिशाली छु । सारा मान्छे गाडी रोकेर बसेका छन् । म हिँडे । कसले रोक्न सक्छ, मलाई ? नेपाली नेताहरूको व्यवहार हेर्दा गान्धीको त्यो प्रवचनले मलाई झस्काई रहन्छ । नेपाली राजनीतिका खेलाडी र गान्धीको तुलना गर्न खोज्छु । लाग्छ, कतै उनले हाम्रा नेताको व्यवहार र क्रियाकलापकै अध्ययन गरेर नेतागिरीको व्याख्या गरेका त होइनन् ? कोरोना महामारीले सिंगो विश्व आक्रान्त बनेको महिनौँ भइसक्यो । देश दुनियाँका सरकारले आङ्खना नागरिकप्रतिको दायित्व पूरा गर्दै सहायता प्याकेज लागू गर्नुका साथै अर्थतन्त्रलाई समेत चलायमान बनाइरहे । तर, हाम्रो सरकार कोरोना नियन्त्रणमा ठूलो धन राशि खर्च गरेको र त्यसमा हासिल भएको तथ्यांक सार्वजनिक गर्नैमा मख्ख छ । अर्कातिर जनताले भने सरकार भएको अनुभूति गर्न सकिरहेका छैनन् । समाजको ऐना मिडियामा दिनहुँ यस्तै समाचार आइरहेका छन् । कोरोना महामारीका लागि औषधि र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार । नेपाली कामदार लिन भनेर विदेश उडेको राष्ट्रिय ध्वजावाहक जहाज यात्रु ल्याउन सरकारको अनुमति नपाएर रित्तो फर्किन्छ । अनि विदेशी जहाज यात्रुसहित विमानस्थलमा ओर्लिन्छ । सत्तारुढ दलको बैठक महिनौँ देखि अवरुद्ध छ । प्रधानमन्त्री केपी ओलीले धेरै बल पार्टीको विवाद समाधान गरी आङ्खनो सत्ता जोगाउन केन्द्रित गरेका छन् । नेकपाका दुई अध्यक्षको विवादमा सिंगो मुलुक बन्धक छ । कोरोना संक्रमितले उपचार पाएका छैनन् । अनि रोजगारी गुमाएर साँझ बिहानको छाक टार्न नसक्ने श्रमिकको आवाज सुनिदिने कोही छैन । यो महासंकटबाट देश र जनतालाई जोगाउन सरकारले कुनै काम गरेको छ भने त्यो हो– लकडाउन र निषेधाज्ञा । यस्तो वेला वैकल्पिक सरकारको जिम्मेवारीमा रहेको प्रतिपक्षले पनि जनताका सबाल उठाउनेतर्फ ध्यान दिएको छैन । बरु प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवा सत्तासँग मिलेर भागबन्डा मिलाउन केन्द्रित रहेका खबर सञ्चार माध्यममा आइरहेका छन् । नेतृत्वले जनआवाज सम्बोधन गर्न त चाहेन वा सकेन त्यो आङ्खनै ठाउँमा छ तर आङ्खना अग्रजको बाटोमात्र पछ्याउन सकेको भए पनि राजनीतिमा दक्षिण एसियाली मापदण्डबाट नेपाल धेरै माथि जान सम्भव थियो । यस प्रसंगमा बेलायतका लागि नेपालका पूर्वराजदूत तथा पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले दुईवटा उदाहरण लेखकलाई सुनाए । श्रेष्ठ बेलायतमा रहेका बेला मुलुकका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी डेनमार्कमा एउटा कार्यक्रममा सहभागी भएर श्रीमती साधना प्रधानका साथ लन्डन पुगेका थिए । प्रधानमन्त्री अधिकारीले बेलायती व्यवसायीलाई सम्बोधन गर्ने एउटा कार्यक्रम तय भयो । राजदूत श्रेष्ठ प्रधानमन्त्रीको व्यक्तित्वमा कमी नदेखियोस् भनेर सचेत थिए । उनले प्रधानमन्त्री अधिकारीका लागि नयाँ पोसाक किन्ने सोच बनाए । कारण, त्यति बेला अधिकारीसँग लगाएको एउटा पुरानो मैलो कोट मात्र थियो । राजदूत श्रेष्ठले श्रीमती साधनालाई भनेर बल्लबल्ल प्रधानमन्त्रीलाई सपिङ मलसम्म पु¥याए । यस प्रसंगमा श्रेष्ठले लेखकलाई सुनाए, ‘एउटा कोट त यी बुढालाई किन्नु प¥यो भनेर बल्लतल्ल सपिङ मल पु¥याएँ । मूल्य सुनेपछि उहाँ भन्न थाल्नुभयो – सूर्यप्रसादजी व्यक्तिगत रूपमा यो कोट किन्ने हैसियत मेरो छैन । देशलाई भार पर्ने गरी म किन्न चाहन्नँ । भैहाल्यो फर्किऊँ । लगाइरहेको कोट देखाएर मनमोहनजीले भन्नुभयो– यही कोटले चलिहाल्छ नि । मैले धेरै कर गरेँ । मान्नु भएन ।’ अधिकारी मात्र होइनन्, गणेशमान सिंहसँग पनि श्रेष्ठको त्यस्तै अनुभव छ । उनी बेलायतको राजदूत हुँदाकै कुरा हो । सर्वोच्च नेता गणेशमान सिंह संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव उ थान्तको नाममा स्थापित शान्ति पुरस्कार ग्रहण गर्न अमेरिका जाने क्रममा लन्डन पुगे । जाडो याम । लन्डनको मुटु कमाउने चिसो । अनि वृद्ध गणेशमान । राजदूत श्रेष्ठले लेखकलाई सुनाए– मैले थाहा पाएँ, गणेशमानजीसँग गतिलो न्यानो कोट छैन । अनि एउटा राम्रो कोट किनिदिने विचार आयो । मंगला भाउजुलाई भनेर बल्लबल्ल सपिङ कम्पलेक्समा लगेँ । मूल्य सूची हेरेपछि गणेशमानजीले कोट किन्न मान्दै मान्नु भएन । यो कोट धेरै बाँच्छ म त्यति बाँच्ने होइन सूर्यप्रसादजी भन्न थाल्नु भयो । जति कर गर्दा पनि मानेकै होइन ।’ श्रेष्ठले लेखकलाई सुनाए राणाकालमै मृत्युदण्डको सजाय सुनाइएका गणेशमानजी संयोगले बाँच्नुभयो । प्रजातन्त्रका लागि कहीँ कतै सम्झौता गर्नु भएन । त्यस्तो लौह पुरुषले न आङ्खनै पैसाले किन्न सक्नुभयो, न त राज्य कोषबाट मामुली कोट किन्न मान्नु भयो । गणेशमान र मनामोहनजीले त्यो तहको नैतिक जीवन यापन गर्नुभयो । अहिले त विद्यार्थीकालदेखि नै कसरी कमाउने र भ्रष्टाचार गर्ने भन्ने सिकेर आएका नेताहरू सत्तामा छन् । उनीहरूबाट कस्तो नैतिकताको आसा गर्ने ? सिंह र अधिकारीको पुस्ता आङ्खना क्रियाकलापलाई सामान्य जनताले कसरी हेरेका छन् ? कतै आलोचित भइने त होइन भन्ने मनोविज्ञान र संस्कारमा हुर्किए । नेताले त्यतिमात्र सुविधा उपभोग गर्नुपर्छ जति जनसाधारणले गर्न सक्छन् । राजनीतिको सामान्य नियम त यही हो । महात्मा गान्धीले राजनीतिमा उत्रेपछि त्यसै लंगौटी, धोती र खादीको पहिरन लगाएका त होइनन् नि । अहिंसा र सादगीको सन्देश विश्वभर फैलाउन सक्ने उनै महात्मा गान्धीको क्षेत्र दक्षिण एसियामा नेतागिरीको प्रभुत्व छ भन्ने नाति गोपालकृष्णको भनाइलाई नेपाली नेताको व्यवहारले मलजल गरेको छ । ‘मै खाऊँ, मै लाऊँ, सुख सयल वा मोज म गरुँ...’ भन्ने भावनालाई संस्कारकै रूपमा स्थापित गर्ने होड चलाएर । अहिले नेपालमा नेतागिरी संस्कार मौलाउने वातावरण बनाउन मुख्य नायकको भूमिकामा प्रधानमन्त्री केपी ओली देखिएका छन् जसले ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना बाँडे । बाँडिरहेका छन् । समाजको ऐना मिडियामा दिनहुँ आउने समाचारले देखाएकै छ संविधानले सबै नागरिकलाई समान माने पनि यति बेला समृद्धि उपभोगको अधिकार प्रधानमन्त्री ओलीका आसेपासेमा सीमित छ । बाह्रखरी
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  ०६:२९
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP