Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • दाङमा कजारियाको नयाँ शोरुम : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
दाङमा कजारियाको नयाँ शोरुम : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २८, २०८३

हापुरे-  कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल विस्तार गर्ने क्रममा दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । हापुरे मार्बल प्रलिद्वारा व्यवस्थापन गरिने यस शोरुमले स्थानीय बासिन्दा, आर्किटेक्ट र डिजाइनरहरूलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।


यस शोरुमको औपचारिक उद्घाटन आईतबार, वैशाख २७ गते बिहान ११ः०० बजे सम्पन्न भयो । सो उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू र हापुरे मार्बल प्रालिको टोलीको उपस्थिति थियो, जसले स्थानीय समुदायलाई नयाँ शोरुमको अवलोकन गर्न स्वागत गरेका थिए ।

नयाँ शोरुम ग्राहकहरूलाई व्यावहारिक र सहज किनमेलको अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ । यहाँ कजारियाका अत्याधुनिक फ्लोर र वाल टायल्सको फराकिलो दायरा उपलब्ध छ । ग्राहकहरूले यहाँ विभिन्न टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्, जसले उनीहरूको घर वा परियोजनाका लागि उत्कृष्ट छनोट गर्न मद्दत पु¥याउनेछ ।

Hardik health

उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भन्नुभयो, “हामी हापुरे मार्बल प्रालिसँग सहकार्य गरी दाङका बासिन्दाहरूमाझ हाम्रा उत्पादनहरू ल्याउन पाएकोमा उत्साहित छौँ । ग्राहकहरूलाई उच्च गुणस्तरका सामग्रीहरू उपलब्ध गराउनु र उहाँहरूको सपनाको घर सजाउन आवश्यक सहयोग पु¥याउनु नै हाम्रो मुख्य उद्देश्य हो ।”
यो शोरुम अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र हापुरे तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई नयाँ कलेक्सनको अवलोकन गर्न हार्दिक आमन्त्रण गर्दछ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा Superbrand २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा प्राप्त स्थान समावेश छन् गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता ISO ९००१ः२०१५ र ISO १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद्को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँछ ।

यसैलाई निरन्तरता दिँदै कजारियाले हालै NS Quality Award २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा थप मजबुत बनाएको छ । ३,००० भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४०से.मी.) तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।
 


प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनसेल र बिवाइडी नेपालबीच सम्झौता
एनसेल र बिवाइडी नेपालबीच सम्झौता मंगलबार, भदौ २, २०८३
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै बिहीबार, साउन २८, २०८३
सहकारी बैंकले  पूँजी पर्याप्ततामा राष्ट्र बैंकको न्यूनतम सीमा गर्याे पार
सहकारी बैंकले पूँजी पर्याप्ततामा राष्ट्र बैंकको न्यूनतम सीमा गर्याे पार बुधबार, साउन २७, २०८३
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि साझेदारी
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि साझेदारी मंगलबार, साउन २६, २०८३
महालक्ष्मी बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
महालक्ष्मी बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन शुक्रबार, साउन २२, २०८३
लुम्बिनी विकास बैंककाे  सीईओमा सुमन आचार्य नियुक्त
लुम्बिनी विकास बैंककाे सीईओमा सुमन आचार्य नियुक्त शुक्रबार, साउन १, २०८३
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा शुक्रबार, साउन १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP