Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विभागका कर्मचारीलाई अनुशासित बनाउन आचारसंहिता लागू
विभागका कर्मचारीलाई अनुशासित बनाउन आचारसंहिता लागू
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २५, २०८३
  • कर्मचारीको आचरणलाई निष्पक्ष, पारदर्शी, समन्वयात्मक तथा सेवामूलक बनाउन आचारसंहिता
  • कर्मचारीले व्यक्तिगत फाइदा पुग्ने, अरुलाई बदनाम गर्ने या अरुको चरित्र हत्या गर्ने काममा संलग्न हुन नहुने
  • कर्मचारीले वैदेशिक रोजगारीको कामका लागि प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा जोडिएका सेवाग्राही, सर्वसाधारण तथा सरोकारवाला समूहसँग सहयोगीको भूमिका खेल्नुपर्ने
  • माथिल्लो निकायबाट आएको आदेशलाई शीघ्र पालना गर्नुपर्ने
  • सेवाग्राहीलाई झुलाउने या दुःख दिने काम गरे कारबाही

काठमाडौं- वैदेशिक रोजगार विभागले त्यहाँ कार्यरत कर्मचारीका लागि आचारसंहिता लागू गरेको छ । कर्मचारीको आचरणलाई निष्पक्ष, पारदर्शी, समन्वयात्मक तथा सेवामूलक बनाउन आचारसंहिता लागू गरिएको विभागले जनाएको छ । 

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने लक्ष्य राखेको विभागमा देखिएका कतिपय समस्यामा कर्मचारीको गलत आचरण जिम्मेवार रहेको आरोप लाग्दै आएको थियो । यसलाई न्यूनीकरण गर्न विभागको महानिर्देशकस्तरबाट लागू गरिएको आचारसंहिताअनुसार कर्मचारीले वैदेशिक रोजगारीको कामका लागि प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा जोडिएका सेवाग्राही, सर्वसाधारण तथा सरोकारवाला समूहसँग सहयोगीको भूमिका खेल्नुपर्ने छ । उनीहरुले वैदेशिक रोजगारसम्बन्धी कानुनको अपव्याख्या नगरी समानरुपले कार्यान्वयन गर्नुपर्ने छ ।

कर्मचारीले झूठा विवरण संकलन गर्ने, वैदेशिक रोजगारसम्न्धी ठगी कार्यमा सहयोग गर्ने वा भ्रमपूर्ण सूचना दिने काम गर्न पाउने छैनन् । वैदेशिक रोजगारसम्बन्धी कुनै पनि तथ्य, तथ्यांक या मुद्दालाई बंग्याएर भ्रामक अर्थ दिनेगरी व्याख्या गरे आचारसंहिताविपरीत हुने उल्लेख छ । कर्मचारीले व्यक्तिगत फाइदा पुग्ने, अरुलाई बदनाम गर्ने या अरुको चरित्र हत्या गर्ने काममा संलग्न हुन नहुनेसमेत आचारसंहितामा उल्लेख छ । उनीहरुले व्यक्तिगत लाभ या कसैको प्रतिशोधका लागि उजुरी दर्ता गर्न लगाउने पाउने छैनन् । 

Nada Auto Show 2026
Hardik health

विभागका कर्मचारीले दिइएको काम तोकिएको समयावधिभित्रै पूरा गर्नुपर्ने छ । आफूभन्दा माथिल्लो निकायबाट आएको आदेशलाई शीघ्र पालना गर्नुका साथै सेवाग्राहीलाई झुलाउने या दुःख दिने काम गर्न पाउने छैनन् । उनीहरुले आफ्नो जिम्मेवारी अरुलाई पन्छाउन तथा आफ्नो क्षेत्राधिकार बाहिरको काम गर्न पनि नपाउने भएका छन् ।

आचारसंहिताअनुसार कर्मचारीले कुनै पनि पक्षको प्रभाव र दबाबमा नपरी पक्षपात् नगरी काम गर्नुपर्ने छ । उनीहरुले सेवाग्राही तथा सरोकारवालासँग अनधिकृत भेटघाट गर्न पाउने छैनन् भने उनीहरुबाट गैरकानुनी सुविधा पनि लिन पाउने छैनन् । सेवा प्रवाहमा बिचौलियाको प्रवेश हुन नदिन क्रियाशील रहनुपर्ने छ । प्रत्येक शाखाका कर्मचारीले आफ्नो शाखाको अभिलेख वैज्ञानिक तवरबाट राख्नुपर्ने छ । उनीहरु कार्यसम्पादनको क्रममा मर्यादित र शिष्ट हुनुपर्ने भनिएको छ । साथै, कुनै पनि कर्मचारी अनुगमनमा जाँदा आफ्नो परिचयपत्र तथा अनुगमनका लागि अख्तियार पाएको आदेश देखाउनुपर्ने व्यवस्था पनि आचारसंहितामा गरिएको छ ।

विभागको काम संवेदनशील प्रकृतिको भएकाले प्रचलित कानुनमा भएका कर्मचारीका आचरणसम्बन्धी प्रावधानबाहेक विभागमा कार्यरत कर्मचारीको पदीय तथा थप पेसागत आचरणसम्बन्धी व्यवस्था वाञ्छनीय भएकाले आचारसंहिता तयार गरेको विभागको भनाए छ । उक्त आचारसंहिता सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा २३को उपदफा ३ तथा निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ नियम २७ ले दिएको अधिकार प्रयोग गरी बनेको उल्लेख गरिएको छ । 

विभागमा वैदेशिक रोजगारीका ठगीसम्बन्धी उजुरीका चाङ भए पनि न्यून संख्यामामात्र फस्र्योट हुँदै आएको छ । म्यानपावर व्यवसायी र विभागका कर्मचारीको मिलेमतोमा ठगीका घटनामा पनि उजुरी नलिने, अनुगमनका क्रममा म्यानपावर, अभिमुखीकरण तालिम प्रदायक संस्थालगायतमा समस्या देखिए पनि आर्थिक चलखेल गरेर कारबाही नगर्ने, सेवाग्राहीलाई सम्मानजनक र शिष्ट व्यवहार नगर्नेजस्ता समस्या रहेको गुनासो थियो । विभिन्न समयमा विभागका निर्देशकदेखि महानिर्देशकसम्म पनि अनियमितताको प्रकरणमा मुछिँदै आएका थिए । आचारसंहिताले विभागका कर्मचारीलाई अनुशासित राख्ने अपेक्षा गरिएको छ ।

आचारसंहितालाई महानिर्देशकले बुधबार स्वीकृत गरेकाले कार्यान्वयनमा आइसकेको छ । यसको पालना गरे÷नगरेको भनेर विभाग, विभागीय प्रमुख र सम्बन्धित सुपरिवेक्षकबाट अनुगमन गरिने जनाइएको छ । यसको उल्लंघन गर्नेहरुलाई कानुनबमोजिम आचरणविरुद्धको कारबाही हुने उल्लेख छ । यो आचारसंहिता कारारका कर्मचारी, विभागमा दरबन्दी रही अन्य निकायमा काजमा खटिएका तथा अन्य निकायमा दरबन्दी रही विभागमा खटिएका कर्मचारीमा लागू हुने विभागले जानकारी दिएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP