काठमाडौं- स्थानीय बजारमा डलरकाे भाउ बढेसँगै आज सुनचाँदी मूल्य पनि बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला पाँच हजार आठ सय रुपैयाँले बढेकाे छ भने चाँदी १७५ रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदिकाे मूल्य प्रतितोला पाँच हजार ०५५ रुपैयाँ कायम भएको छ । हिजाे त्यति नै परिमाणको चाँदिकाे मूल्य चार हजार ८८० रुपैयाँ कायम भएको थियाे ।