काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदी मूल्य भने घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार आठ सय रुपैयाँले घटेकाे छ भने चाँदी १५० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदिकाे मूल्य प्रतितोला चार हजार ८८० रुपैयाँ कायम भएको छ । हिजाे त्यति नै परिमाणको चाँदिकाे मूल्य पाँच हजार ३० रुपैयाँ कायम भएको थियाे ।