काठमाडौं- स्थानीय बजारमा आज सुनकाे मूल्य घटे पनि चाँदीकोे मूल्य भने बढेको छ । सुन प्रतितोला तीन सय रुपैयाँले घटेकाे छ भने चाँदी २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ३० रुपैयाँ कायम भएको छ ।
आईतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।