काठमाडौं- स्थानीय बजारमा आज सुनकाे मूल्य घटे पनि चाँदीकोे मूल्य भने बढेको छ । सुन प्रतितोला एक हजार रुपैयाँ रुपैयाँले घटेकाे छ भने चाँदी ६५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९५४ रुपैयाँमा कारोबार भएको थियो ।