रुपन्देही - जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनका क्रममा ८३ जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार मिति २०८३ साल वैशाख १३ गते साँझ ६ बजेदेखि राति १० बजेसम्म जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइहरूबाट संयुक्त रूपमा सञ्चालन गरिएको उक्त अपरेशनअन्तर्गत नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आपराधिक गतिविधिसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।