Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • डेढ महिनापछि खुल्यो खाडीको रोजगारी 
डेढ महिनापछि खुल्यो खाडीको रोजगारी 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ८, २०८३
  • साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, इराक र लेबनानका लागि नयाँ श्रम स्वीकृति खुला

काठमाडौं- इजरायल-अमेरिका र इरानबीच चलेको द्वन्द्वका कारण डेढ महिनाभन्दा बढी समययता बन्द भएको खाडीको रोजगारी खुलेको छ । सरकारले खाडी क्षेत्रसहित पश्चिम एसियाका १२ वटा मुलुकमा सबै प्रकारका श्रम स्वीकृति सोमबारदेखि खुला गरेको हो । 

वैदेशिक रोजगार विभागले सोमबार जारी गरेको सूचनाअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, इराक र लेबनानका लागि स्थगन गरिएको नयाँ श्रम स्वीकृति खुला गरिएको छ । अब संस्थागत तथा व्यक्तिगत रुपमा यी मुलुकमा पहिलोपटक रोजगारीमा जान चाहनेले श्रम स्वीकृति पाउने छन् । त्यस क्षेत्रमा जारी युद्ध केही शान्त भएपछि सरकारले पुनः श्रम स्वीकृति भने यसअघि नै खुला गरिसकेको छ ।

विभागका अनुसार सोमबार नै परराष्ट्र मन्त्रालयको सचिवस्तरीय समितिले सबै प्रकारका रोजगारी खुलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो । परराष्ट्रको सिफारिसमा श्रम मन्त्रालयले रोजगारी खुलाउने निर्णय गरेको हो । 
श्रम स्वीकृति खुलेसँगै व्यवसायी र कामदार दुवैलाई राहत मिल्ने अपेक्षा गरिएको छ । इजाजतप्राप्त अधिकांश संस्था (म्यानपावर) खाडीका छ वटा मुलुक र मलेसियाको रोजगारीमा निर्भर छन् ।

Hardik health

यसबाहेक मौरिसस, साइप्रस, जोर्डन, जापानजस्ता मुलुकमा केही कामदार पठाउने गरेका छन् । नेपाली कामदारहरुको प्रमुख रोजगार गन्तव्य खाडी क्षेत्र द्वन्द्वले प्रभावित हुँदा पछिल्लो महिना (चैत) नेपालबाट एक जना पनि कामदार जान पाएनन् । कामदार पठाउन नपाएपछि व्यवसाय बन्द गर्ने अवस्थामा पुग्न थालेको वैदेशिक रोजगार व्यवसायीहरुले गुनासो गर्दै आएका थिए । नयाँ श्रम स्वीकृति खुलेसँगै पुनः आशा जागेको एक व्यवसायीले बताए ।

यसबीचमा पश्चिम एसियाको रोजगारी बन्द हुँदा भिसा लागेर जान तयार भएका सात हजार ८८८ जना कामदारको रोजगारी गुम्ने अवस्थामा पुगेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारको ध्यानाकर्षण गराएको थियो । श्रम स्वीकृति नवीकरण खुलाउने तर नयाँलाई नखुलाउने निर्णय अव्यावहारिक र श्रमिकको हितमा नभएको संघको दाबी थियो । रोजगारी खुलाउने निर्णयले धेरै श्रमिक आर्थिक भार र रोजगारी गुम्नबाट जोगिएको संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए ।

‘सात हजारभन्दा बढी श्रमिकमध्ये थोरैको भिसाको म्याद सक्किसकेको छ । यसको यकीन तथ्यांक निकाल्न बाँकी छ,’ उनले प्रभावसँग भने, ‘म्याद सकिएकाहरुको पनि केही आर्थिक भार व्यहोर्दा प्रक्रिया अगाडि बढाउन सकिएला । सरकारको यो निर्णयले धेरै कामदारको रोजगारी सुरक्षित भएको छ ।’

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले खाडी मुलुकहरुमा रहेका अमेरिकी बेस क्याम्पलाई लक्षित आक्रमण तीव्र बनाएको थियो । जसबाट त्यस क्षेत्रमा सुरक्षा संवेदनशीलता बढेको भन्दै सरकारले पश्चिम एसियाका १२ मुलुकमा गत फागुन १७ गते सबै प्रकारका श्रम स्वीकृति स्थगित गरेको थियो । छुट्टीमा आएका श्रमिकको रोजगारी गुम्ने अवस्थालाई मध्यनजर गर्दै गत चैत ३ गते साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्की गरी सातवटा मुलुकको पुनः श्रम स्वीकृति खुला गरिएको थियो । त्यस्तै परराष्ट्रको सिफारिसमा गत वैशाख २ गते थप चार मुलुक इजरायल, कुवेत, बहराइन र लेबनानको पुनः श्रम स्वीकृति खुलाइएको थियो । इराकको आधिकारिक भिसा प्राप्त गरेका नेपालीले भने नेपाल आएको बेला श्रम स्वीकृति पाउने व्यवस्था गरिएको छ ।

प्रत्येक वर्ष तीन लाखभन्दा धेरै नेपाली श्रमिक पहिलोपटक पश्चिम एसियाको रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । परराष्ट्रकाअनुसार पश्चिम एसियाका १६ वटा मुलुकमध्ये १२ वटामा १७ लाख २९ हजारभन्दा बढी नेपाली छन् । युद्धको जोखिमका कारण घर फर्कन चाहेको भन्दै ८७ हजारभन्दा धेरैले मन्त्रालयको पोर्टलमा आफ्नो नाम टिपाएका थिए । तीमध्ये केहीलाई सरकारले उद्धार गरेको थियो ।


प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ बुधबार, असार २४, २०८३
संघले बुझायाे श्रम मन्त्रालयमा प्रस्तावित विधेयकको मस्यौदामा  सुझाव
संघले बुझायाे श्रम मन्त्रालयमा प्रस्तावित विधेयकको मस्यौदामा सुझाव बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, असार २३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP