Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियाले ल्याउन लागेको नयाँ भर्ना प्रक्रियामाथि आशंका 
मलेसियाले ल्याउन लागेको नयाँ भर्ना प्रक्रियामाथि आशंका 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ७, २०८३

काठमाडौं- मलेसियाले आप्रवासी श्रमिक भर्नाका लागि विवादित व्यक्तिले स्थापना गरेको भर्ती प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको पाइएको छ । श्रम उद्योगका प्रभावशाली व्यक्ति मानिने बंगाली मुलका मलेसियन नागरिक डाटुक सेरी अमिनुल इस्लाम अब्दुल नोरको संस्था बेस्टिनेट एसडिएन बिएचडीले विकास गरेको श्रम प्रणाली कार्यान्वयनमा ल्याउन लागेपछि एकाधिकारको आशंका गर्न थालिएको छ ।

हाल रोजगारीमा जाने श्रमिकहरु लाखौं तिरेर मलेसिया गइरहेका छन् । नयाँ प्रणालीअनुसार कम्पनीहरुले कामदारलाई मध्यस्थकर्तामार्फत नभई सीधै भर्ना गर्न सक्ने भनिएको छ । ‘द युनिभर्सल रिक्रुटमेन्ट एड्भान्सड प्लाटफर्म’ (टियुआरएपी)को डिजिटल पोर्टलमा रोजगारदाताले ‘साइन अप’ गरेर कामदार भेट्टाउन सक्नेगरी सफ्टवेयर निर्माण गरिएको नाम नखुलाउने सर्तमा विभिन्न छ जना व्यक्तिले जानकारी गराएको ब्लुमबर्ग न्युजले जनाएको छ ।

मलेसियाले यस वर्षको मध्यसम्म यो प्रणाली कार्यान्वयनमा ल्याउने बुझिएको छ । यद्यपि, यो प्रक्रिया प्रारम्भिक चरणमै भएकाले गृह मन्त्रालयसँग सहमति गरेर मन्त्रिपरिषद्बाट स्वीकृति लिएपछि मात्र कार्यान्वयनमा आउने छ । मानव संसाधनमन्त्री डाटुक सिरी आर रमणनले मन्त्रालयले प्रस्तावलाई क्याबिनेट (मन्त्रिपरिषद्)मा पेस गर्नुअघि विवरणहरुमा अझ सुधार गरिरहेको तर प्रणालीको बारेमा तत्काल कुनै चिन्ता नभएको बताएको समाचारमा उल्लेख गरिएको छ ।

Hardik health

गत जनवरीमा मलेसियामा बंगलादेशबाट आप्रवासी कामदारको भर्तीमा स्रोत मुलुकभित्रैबाट भ्रष्टाचार भएको अनुसन्धान ब्लुमबर्गले प्रकाशित गरेको थियो । जसमा भर्ती प्रक्रियामा आमिनुल अर्थात् आमिनको भूमिका रहेको उल्लेख गरेको थियो । अमिकका पक्षका न्यायाधीशहरुले भने आप्रवासी कामदारलाई धेरै भर्ती शुल्क तिर्न बाध्य पारिएकोमा अमिन जिम्मेवार नभएको र उनले श्रमिकहरुलाई सहयोग गरेको दाबी गर्दै आएका छन् । मन्त्री रामानणले फेब्रुअरीको सुरुवातमा त्यहाँको राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा नयाँ प्रणाली ल्याउने उल्लेख गरे पनि बेस्निनेटले सञ्चालन गर्छ भनेर भनेका थिएनन् ।

बेस्टिनेटले विगतदेखि नै विदेशी कामदारहरूको केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) नामक सफ्टवेयर प्रणाली सञ्चालन गर्दै आएको छ । यो प्रणालीमलेसियाले बंगलादेशबाट हुने भर्ना प्रक्रियाको व्यवस्थापन गर्न प्रयोग गर्ने गरेको छ । यो प्रणालीमा स्वास्थ्य जाँच, बिमाजस्ता मोड्युलहरु छन् । यसमा भर्तीकर्ता एजेण्टहरू पनि संलग्न छन् । अमिनले भने विभिन्न अन्तर्वार्तामा यो प्रणालीलाई प्रयोग गर्ने मानिसहरुको जिम्मेवारी आफ्नो नभएको बताउने गरेका छन् ।

सन् २०२४ मा बंगलादेशको प्रहरीले अमिनले श्रमिकलाई ठगी गर्न महत्‍वपूर्ण भूमिका खेलेको आरोप लगाउँदै मलेसियालाई एफडब्लुसिएमएस प्रयोग नगर्न अनुरोध गरेको थियो । यद्यपि, अमिनलाई मुद्दा दर्ता गरिएको छैन । विवादित व्यक्तिको प्रस्ताव भएका कारण निवर्तमान मानव संसाधनमन्त्री स्टिभन सिमले भने यसमाथि प्रश्न उठाएका थिए । मलेसियाली सञ्चारमाध्यमले पनि यसमा संलग्न व्यक्ति विवादित भएको भनेर उल्लेख गर्दै आएका छन् ।

पछिल्लो सरकारी तथ्यांक मलेसियामा २१ लाख कम दक्षता भएका विदेशी कामदार कार्यरत छन् । त्यहाँ हाल तीन लाख नेपालीहरु छन् । नयाँ योजना बाहिरी रुपमा ठिकै देखिए पनि यसको भित्री पाटो अर्कै भएको वैदेशिक रोजगार व्यवसायीहरुले बताउँदै आएका छन् । कामदार भर्ना प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नता नहुनु उचित भए पनि सरकारले विवादित व्यक्तिद्वारा सञ्चालित कम्पनीलाई भर्ना प्रक्रियामा समावेश गर्नुले कतै एकधिकारतर्फ जाँदै त छैन भन्ने शंका उत्पन्न गराएको उनीहरुको भनाइ छ । अमिनले बंगलादेशको स्वास्थ्य परीक्षणमा एकाधिकार ल्याएको बताइँदै आएको छ ।
 


प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ बुधबार, असार २४, २०८३
संघले बुझायाे श्रम मन्त्रालयमा प्रस्तावित विधेयकको मस्यौदामा  सुझाव
संघले बुझायाे श्रम मन्त्रालयमा प्रस्तावित विधेयकको मस्यौदामा सुझाव बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, असार २३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP