Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सन् २०२५ मा श्रमिकमाथि ७४७ वटा दुव्र्यवहारका घटनाः बिएचआरसी 
सन् २०२५ मा श्रमिकमाथि ७४७ वटा दुव्र्यवहारका घटनाः बिएचआरसी 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ६, २०८३

काठमाडौं- सन् २०२५ मा आप्रवासी श्रमिकमाथि ७४७ वटा दुव्र्यवहारका घटना भएको बिजनेस एण्ड ह्युमन राइट्स सेन्टर (बिएचआरसी)ले जनाएको छ । उक्त संस्थाले २०२५ जनवरी १ देखि २०२५ डिसेम्बर ३१ को बीचमा विश्वव्यापीरुपमा ७४७ वटा दुव्र्यवहारका घटना दर्ता भएका जनाएको छ ।

बिएचआरसीका अनुसार सबैभन्दा धेरै देखिएका दुव्र्यवहारमा रोजगारीसम्बन्धी मापदण्ड उल्लंघन र पेसागत स्वास्थ्य तथा सुरक्षासम्बन्धी नियम उल्लंघन रहेको जनाइएको छ । दुव्र्यवहारबाट कम्तीमा ९८ जनाको मृत्यु भएको थियो । साथै, ४७ प्रतिशत घटनामा कामदारले एकै समयमा तीन वा सोभन्दा बढी प्रकारका मानवअधिकार उल्लंघनको सामना गरेको जनाइएको छ ।

यस्ता घटनाहरू विश्वका सबै क्षेत्रमा घटेका जनाइएको उल्लेख गरिएको छ । जसअन्तर्गत जर्मनीमा भारतीय गिग कामदारलाई धम्की र आक्रमण गरिएको, साउदी अरबको अरामको साइटमा सयौं दक्षिण एसियाली कामदारको महिनौंको ज्याला नदिएको तथा रूसी सेनाका लागि हतियार निर्माण गर्न लगभग ३० वटा देशका श्रमिकमाथि भएको उत्पीडन र बेचबिखन रहेको उक्त संस्थाले जनाएको छ । दुव्र्यवहारका घटनामध्ये ८० प्रतिशत विकसित देशमा भएको र ९५ प्रतिशत पीडितहरु विकासोन्मुख देशका रहेको पाइएको छ । यी घटनासँग सम्बन्धित ५८४ कम्पनीमध्ये २६७ वटाको मुख्यालय संयुक्त राज्य अमेरिकामा रहेको जनाइएको छ । 

Hardik health

श्रमअधिकार उल्लंघन जातीय र पितृसत्तात्मक शक्ति संरचनाहरूमा आधारित रहेको बिएचआरसीको भनाइ छ । धनी मुलुकहरुमा स्थापित भएका बहुराष्ट्रिय कम्पनीहरूले विश्वको सबैभन्दा सीमान्तकृत कामदारबाट ठूलो नाफा कमाए पनि उनीहरूलाई गम्भीर जोखिममा राखेको आरोप लगाइएको छ । 

बिएचआरसीका अनुसार जलवायु संकट, बढ्दो असमानता र बढ्दो द्वन्द्वले श्रमिकहरूका लागि मानवअधिकार जोखिमको जटिलता बढाइरहेको छ । साथै, प्रमुख गन्तव्य देशहरूमा श्रमिकको सुरक्षा घट्दै गएको छ । गन्तव्य मुलुकमा कडा आप्रवासन नीति, श्रम नियमको खुकुलोपन र ट्रेड युनियन कमजोर बनाउने अभ्यासका कारण आप्रवासी श्रमिकहरूको सुरक्षामा क्रमशः गिरावट आएको भनिएको छ ।

प्राविधिक तथा हरित अर्थतन्त्रमा देखिएको रूपान्तरणले श्रम आप्रवासनको आकार बदलिँदा नयाँ जोखिमहरू सिर्जना भइरहेको बिएचआरसीले जनाएको छ । श्रमिकहरु दुव्र्यवहारमा परिरहेको अवस्थामा यस्तो रुपान्तरणको अर्थ नहुने संस्थाको दाबी छ । रोजगारदाता कम्पनीले जिम्मेवार व्यावसायिक आचरणलाई व्यावहारिक बनाउँदै आप्रवासी कामदारको अधिकारको सम्मान गर्न उनीहरूसँग निष्पक्ष वार्ताको ग्यारेन्टी गर्नुका साथै व्यापार मोडेलहरू साझा समृद्धिमा निर्माण भएको सुनिश्चित गर्नुपर्ने सुझावसमेत दिएको छ ।
 


प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ बुधबार, असार २४, २०८३
संघले बुझायाे श्रम मन्त्रालयमा प्रस्तावित विधेयकको मस्यौदामा  सुझाव
संघले बुझायाे श्रम मन्त्रालयमा प्रस्तावित विधेयकको मस्यौदामा सुझाव बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, असार २३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP