Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • चैत महिनामा सबैभन्दा धेरै श्रमिक मलेसिया जाँदा खाडीको रोजगारी शून्य
चैत महिनामा सबैभन्दा धेरै श्रमिक मलेसिया जाँदा खाडीको रोजगारी शून्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, वैशाख ५, २०८३

काठमाडौं- पश्चिम एसियाको युद्धले खाडीको रोजगारी बन्द हुँदा चैत महिनामा सबैभन्दा धेरै श्रमिक मलेसिया गएका छन् । उक्त महिना कूल ६१ हजार ८१९ जना रोजगारीमा जाँदा १८ हजार ६४९ जना मलेसिया गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यो संख्या संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर गएकाहरुको हो ।

मलेसियामा म्यानपावरमार्फत १० हजार २७० जना गएका छन् । जसमा नौ हजार ७८६ जना पुरुष र ४८४ जना महिला छन् । युद्धले उक्त महिना नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य बन्दै आएको खाडीको संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार, कुवेत, ओमान र बहराइनमा भने म्यानपावर तथा व्यक्तिगत श्रम स्वीकृतिमा एक जना पनि श्रमिक जान पाएका छैनन् । हाल श्रम स्वीकृति नवीकरण गरेरमात्र यी मुलुकमा श्रमिक गइरहेका छन् । 

गएको महिना श्रम स्वीकृति नवीकरण गरेर सबैभन्दा धेरै युएई गएका छन् । युएईमा नौ हजार ५१८ जना पुरुष र एक हजार ९४५ जना महिला गरी जम्मा ११ हजार ४६३ जना गएका छन् । दोस्रोमा कतारमा आठ हजार ९५९ जना गएका छन् । जसमा आठ हजार ५८२ जना पुरुष र ३७७ जना महिला छन् । त्यसपछि, साउदीमा आठ हजार ८६२ जना पुरुष र ५८ जना महिला गरी कूल आठ हजार ९२० जना गएका छन् । त्यस्तै, चार हजार ४३८ जना रोमानिया गएका छन् । जसमा तीन हजार ८४१ जना व्यक्तिगत र ५९७ जना श्रम स्वीकृति नवीकरण गरेर गएकाहरु छन् ।

Hardik health

गत महिना श्रमिकहरु रोजगारीको खोजीमा १०१ वटा मुलुकमा जाँदा म्यानपावर व्यवसायीले मलेसिया, जापान, साइप्रस र मरिसस गरी चार वटामात्र मुलुकमा पठाएका छन् । संस्थागत माध्यमबाट जम्मा ११ हजार ५५८ जना रोजगारीमा गएका छन् । त्यस्तै व्यक्तिगत श्रम स्वीकृति लिएर ७९ वटा मुलुकमा पुगेका छन् । व्यक्तिगत श्रम स्वीकृतिमा आठ हजार ६५२ जना गएको तथ्यांक छ ।

गत महिना सबैभन्दा धेरै धनुषाबाट तीन हजार ८२९ जना वैदेशिक रोजगारीमा गएका छन् । जसमा तीन हजार २८७ जना पुरुष र ११ जना महिला छन् । त्यसपछि सिरहाबाट दुई हजार ६९८ जना गएकामा दुई हजार ६८३ जना पुरुष र १५ जना महिला छन् । त्यस्तै, झापाबाट दुई हजार ५३३, महोत्तरीबाट दुई हजार ६२२ र मोरङबाट दुई हजार २१२ जना रोजगारीमा गएका छन् । सबैभन्दा कम भने मुस्ताङबाट नौ जना गएका छन् । जसमा सात जना पुरुष र दुई जना महिला छन् । त्यस्तै, मनाङबाट २० जना विदेशिएको तथ्यांक छ ।

विभागका अनुसार चैतमा सबैभन्दा धेरै ४२ हजार २१ जना श्रमिक सीपयुक्त भएर रोजगारीमा गएका छन् । सीपयुक्त भएर गएकामा ३७ हजार ८५४ जना पुरुष र चार हजार १६७ जना महिला छन् । १३ हजार ३६६ जना भने कुनै दक्षता हासिल नगरी गएका छन् । उक्त महिना ११ हजार ९४१ जना पुरुष र एक हजार ४२६ जना महिला सीपविनै गएका छन् । साथै, छ हजार १०९ जना अर्धदक्ष, २५३ जना व्यावसायिक तथा ७० जना उच्च दक्ष श्रमिक विदेसिएका छन् ।
 


प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ बुधबार, असार २४, २०८३
संघले बुझायाे श्रम मन्त्रालयमा प्रस्तावित विधेयकको मस्यौदामा  सुझाव
संघले बुझायाे श्रम मन्त्रालयमा प्रस्तावित विधेयकको मस्यौदामा सुझाव बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, असार २३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP