Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलसहित थप चार मुलुकमा पुनः श्रम स्वीकृति खुला
इजरायलसहित थप चार मुलुकमा पुनः श्रम स्वीकृति खुला
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ३, २०८३

काठमाडौं- सरकारले पश्चिम एसियाका थप चारवटा मुलुकका लागि पुनः श्रम स्वीकृति खुलाएको छ । वैदेशिक रोजगार विभागले बुधबार सूचना जारी गर्दै इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति नवीकरण खुलाएको जानकारी दिएको हो ।

योसँगै उक्त क्षेत्रका ११ वटा मुलुकमा श्रम स्वीकृति नवीकरण (पुनः श्रम स्वीकृति) खुलेको छ । इराकको हकमा भने गत पुस ११ गतेको निर्णयले निरन्तरता पाउने जनाइएको छ । पुस ११ को मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीको सिलसिलामा आधिकारिक भिसा प्राप्त गरेका नेपालीले नेपाल आएको बखत आवेदन दिए श्रम स्वीकृति पाउने निर्णय गरेको थियो ।

इजरायल, इरान र अमेरिका सम्मिलित युद्धका कारण पश्चिम एसियाका देशहरुमा गत फागुन १७ गतेदेखि सबै प्रकारका श्रम स्वीकृति स्थगित गरिएको थियो । छुट्टीमा आएका श्रमिकको रोजगारी गुम्ने अवस्थालाई मध्यनजर गर्दै गत चैत ३ गते साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीको श्रम स्वीकृति नवीकरण गर्ने निर्णय गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत चैत ३० गतेको निर्णयअनुसार थप चार वटा मुलुकमा पुनः श्रम स्वीकृति खुलाइएको जनाइएको छ । गत हप्ता परराष्ट्र मन्त्रालयको इमरजेन्सी रेस्पोन्स टिमले बाँकी देशमा श्रम स्वीकृति नवीकरण खुलाउन सकिने भनेर श्रम मन्त्रालयलाई पत्राचार गरेको थियो ।

Nada Auto Show 2026
Hardik health

गत फागुन १६ गते शनिबारदेखि इजरायल-अमेरिका र इरानबीच युद्ध सुरु भएपछि श्रम मन्त्रालयले फागुन १७ गते सुरक्षा संवेदनशीलताका कारण भन्दै पश्चिम एसियाका १२ मुलुकमा व्यक्तिगत र संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगित गरेको थियो । पश्चिम एसिया नेपालीहरुको प्रमुख श्रम गन्तव्य हो । हाल त्यस क्षेत्रमा १७ लाख २९ हजारभन्दा बढी नेपाली कार्यरत रहेको परराष्ट्रको तथ्यांक छ । जसमध्ये युएईमा सबैभन्दा धेरै सात लाख नेपाली छन् । त्यस्तै, साउदीमा तीन लाख ८४ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, ओमानमा २५ हजार, बहराइनमा २८ हजार, इराकमा ३० हजार, साइप्रसमा १७ हजार, इजरायलमा छ हजार ५००, लेबनानमा एक हजार ५००, इजिप्टमा ५०० तथा इरानमा छ जना छन् ।


प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP