Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संस्थागत रोजगारी घट्यो, पुनःश्रम स्वीकृतिले धान्दै
पश्चिम एसिया द्वन्द्वको प्रभावमा वैदेशिक रोजगार  संस्थागत रोजगारी घट्यो, पुनःश्रम स्वीकृतिले धान्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ४, २०८३

काठमाडौं- पश्चिम एसियामा जारी द्वन्द्वकाबीच पनि वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा भने ठूलो गिरावट नआएको पाइएको छ । चालु आर्थिक वर्षको नौ महिनामा रोजगारीको खोजीमा पाँच लाख ८७ हजार ३३२ जना विभिन्न मुलुकमा गएको तथ्यांक वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । यो संख्या संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण (पुनः श्रम स्वीकृति) गरेर गएकाहरुको हो ।

विभागको चालु आर्थिक वर्षको तथ्यांक हेर्दा प्रत्येक महिना औसतमा ६५ हजार ६०० जनाभन्दा बढी कामदार रोजगारीमा गएको पाइन्छ । पछिल्लो महिना चैतमामात्र ६१ हजार ८१९ जना रोजगारीमा गएका छन् । साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई), कतार लगायतका प्रमुख रोजगार गन्तव्य बन्द हुँदा विदेसिनेको संख्या न्यून हुने आकलन गरिएको थियो । यद्यपि, यस अवधिमा श्रम स्वीकृति नवीकरण गरेर जानेहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदा विदेसिनेको समग्र संख्यामा भने भारी गिरावट नआएको देखिन्छ । पहिलोपटक रोजगारीमा जानेको संख्या भने घटेको छ । चैतमा जम्मा २० हजार २१० जनामात्र पहिलोपटक रोजगारीमा गएका छन् । पुनः श्रम स्वीकृति लिएर ४१ हजार २७४ जना गएको विभागको तथ्यांक छ । रोजगारीको अवस्था सामान्य हुँदा हरेक महिना २० देखि २५ हजारको हाराहारीमा श्रम स्वीकृति नवीकरण गरेर जाँदा ४० देखि ४५ हजार युवा पहिलोपटक रोजगारीमा जाने गरेका थिए ।

विभागको तथ्यांकअनुसार म्यानपावरमार्फत जाने श्रमिकको संख्यामा भने ठूलो गिरावट आएको छ । रोजगारीको अवस्था राम्रो हुँदा म्यानपावरमार्फत मासिक ३० हजारभन्दा बढी श्रमिक रोजगारीमा जान्थे । जेन-जी आन्दोलनपछि घट्न थालेको यस्तो संख्या चैतमा सबैभन्दा न्यून देखिएको छ । उक्त महिनामा ११ हजार ५५ जनामात्र संस्थागत माध्यमबाट रोजगारीमा गएका छन् । जसमा १० हजार ५२१ जना पुरुष र एक हजार ३७ जना महिला छन् । यसअघि गत फागुनमा २० हजार १३० जना संस्थागतरुपमा परदेसिएका थिए । हालसम्म नयाँ श्रम स्वीकृति नखुलाउँदा भिसा लागेका सात हजारभन्दा बढी श्रमिक रोजगारी गुमाउने अवस्थामा पुगेका व्यवसायीहरुले बताउँदै आएका छन् ।

Nada Auto Show 2026
Hardik health

त्यस्तै, छ हजार ८८३ जना पुरुष र एक हजार ७८९ जना महिला गरी कूल आठ हजार ६५२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् । सो अवधिमा ३३५ जना जिटुजीमार्फत इजरायल र दक्षिण कोरिया गएका छन् । यो नौ महिनामा इजाजतप्राप्त संस्थाले एक लाख ९६ हजार ७७८ जना कामदार पठाउँदा ८११ वटा उजुरी परेका छन् । पीडितले चार करोड ८० लाख भन्दा बढि रकम क्षतिपूर्तिबापत पाएका छन् । चैत महिनामामात्रै ८१ वटा उजुरी परेका छन् भने ३६ लाखभन्दा धेरै क्षतिपूर्ति दिइएको छ । 

रोजगारीमा जानेहरुमाथि हुने व्यक्तिगत ठगीको घटना पनि नियन्त्रण हुन सकेको छैन । चालु आ.व.को नौ महिनामा तीन हजार ८८३ वटा उजुरी दर्ता भएका छन् । जसमा ४४१ वटा मिलापत्र भएको छ भने ३२८ वटा मुद्दा अदालतमा दायर भएको छ । पीडितलाई सात करोड ८७ लाखभन्दा बढि क्षतिपूर्ति दिइएको जनाइएको छ । गत चैतमामात्रै ५८६ वटा यस्ता उजुरी परेकोमा १०१ वटा मिलापत्र र ५५ वटा अदालतसम्म पुगेको छ । 

विभागले सार्वजनिक गरेअनुसार यस अवधिमा जम्मा ४२६ वटा इजाजतप्राप्त संस्थाको अनुुगमन गरिएको छ । त्यस्तै, दुई वटा म्यानपावर संस्था र दुई वटा अभिमुखीकरण तालिम दिने संस्थाको कारोबार रोक्का गरिएको छ । हालसम्म विभागमा दर्ता भएका संस्थाको धरौटीबापतको तीन अर्ब ९६ करोड २५ लाख रकम ब्याजमा लगाएको जनाइएको छ । व्यवसायीहरुले लामो समयदेखि आफूहरुले राखेको धरौटीबापत प्राप्त हुने ब्याजको रकम केमा खर्च हुँदै आएको भनेर पारदर्शी बनाउन माग गर्दै आएका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP