काठमाडौं - जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। उच्च अदालत पाटन को मिति २०८१ असार ३० गतेको फैसलाले १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेपछि फरार रहेका सुर्खेतका ४२ वर्षीय ईन्द्रबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे घर भई हाल नागार्जुन नगरपालिका–२ पानधारामा बस्दै आएका उनलाई मिति २०८३ वैशाख २ गते प्रहरी टोलीले सोही स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका नेपालीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर मा उपस्थित गराइएको प्रहरीले जनाएको छ। प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार फरार अभियुक्त खोजी अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको हो।