Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
विचार
  • Home
  • विचार
  • पालो नयाँको
पालो नयाँको
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १, २०८३

आजबाट नयाँ वर्ष २०८३ को शुभारम्भ भएको छ । नयाँ वर्ष लाग्दै गर्दा देशमा नयाँ अनुहार पनि आएको छ । नयाँ अनुहारसँगै नयाँ-नयाँ कुरा पनि आएका छन् । त्यसैले नयाँ वर्ष सबैका लागि शुभ होस् ।  यो शुभको पहिलो साइतमै सुनपानी छर्कनुपर्ने छैन । किनकि अहिले सत्तामा पुगेका मन्त्रीहरुसँग बोकी नसक्नुको सुन छ । पहिले भए पनि देखाउँदैनथे । अहिले नभएपछि भविष्यमा हुने सम्भावित कमाईसमेतलाई देखाइदिए । पालो जो नयाँको छ ।

नौ दिनमा नौलो २० दिनमा बिर्षो भन्ने नेपाली उखान देश हाँक्नेहरुमा लागू गर्दा ठीक होला । जनताको नाममा मन्त्री पदको शपथ खाएकै १३ दिनमा मन्त्रीको जागिर चेट हुन्छ, यो पनि नयाँ नै हो । सय दिनको हनिमुन न सनिमुन... विवाद आयो, पत्ता साफ ।
कसैले भन्लान् भएको देखाउन नपाउने ? कसैले भन्लान् हिजोकाले पनि भाइछोरा राखेका थिए । अहिले श्रीमती राखे के बिगारे त झोले हो ! झोले न पुरानाका पनि थिए । नयाँका पनि छन् । झोला कसै न कसैको बोकेकै छन् । अरुलाई झोले भन्नेले आपूmले के बोकेको छु भन्ने हेर्दा ठीकै हुन्थ्यो होला ।

अरुको आङमा जुम्रा देख्नेले आफ्नो आङमा भैँसी कुदेको नदेख्ने यहाको चलन नै हो । जान्नेलाई छान्ने नीति भनेकै जस्तो कुरा पनि जान्नुप¥यो । नातावाद कृपावाद, नगदवाद, सुनवाद चाँदीवाद सबै जान्नुप¥यो । अनि त्यही जान्नेलाई नै छान्ने हो नि ! तेरीमा तोरीको फूल ! गर्न पनि कति सकेको ! कहिले सम्पत्ति देखाए भन्ने कहिले यत्रो किन देखाको भन्ने ? यसो गरे पनि सुख छैन उसो गरे पनि सुखो छैन ? बाले कमाको भए पनि छोराले कमाएको भए पनि, पैतृक सम्पत्ति भए पनि, ससुरालीले पठाएको दाइजो भए पनि, नभए पनि सम्पत्ति त देखाकै हो नि !

जसरी भए पनि देखाउने हो, देखाएको छ त ! ऊ बेला चुनाउताका नै जुम्लाकी नानीले भनेको बिर्सेऊ झोले हो ? सम्पत्ति नहुनेले किन राजनीति गर्नु ? राजनीति गर्न त सम्पत्ति चाहिन्छ । धन चाहिन्छ । धनसम्पत्ति नहुनेले राजनीति नगर्नु भनेर नानीले भनेको एकपटक सम्झ त ! हो त्यही भएर अहिले मन्त्री बन्दा भए भरको सबै देखाको ।  धनी नेता भए पो खुस खाँदैनन् । घुस खाने धन सम्पत्ति नभएकाले नेता हो । त्यही भएर पनि चुनाउदेखि नै धन सम्पत्ति भएका मान्छे खोजी-खोजी रोजी-रोजी उठाको । अनि टिङरिङ ट्वाङ भन्दै जिताको !

Hardik health

गरिबलाई उठाएको घुस खान्थ्यो । घर जोड्थ्यो । धनीले त धन जोड्ने हो घुस खाने होइन । अब यी सयौं तोला सुन भएकाहरुले दुई-चार लाख घुस खाँदैनन् । किनकि, करोडौंको सुन नै छ । घरमै सुख खानी भएपछि किन घुस खानी ! घुस नखानी । सम्पत्ति जोड्ने चारवटा घरबाट ४० वटा घर बनाउने, दुई करोडको सेयरबाट २० करोडको सेयर बनाउने । चार रोपनी जग्गालाई ४०० रोपनी जग्गा बनाउने । नयाँ भनेकै नयाँ हो ! गर्ने भनेकै नयाँले हो । आधुनिक संसारमा प्रविधिको प्रयोग गर्ने हो प्रविधिबाट हान्ने हो गर्ने भनेकै नयाँले हो !

पोहोरताका आओ-आओ भनेर कराको होइन ? ३५ वर्षसम्म खाओ-खाओ भनेको होइन ? कति पुरानोलेमात्र खाने ? कति पुरानाको मात्र हेर्ने ? अब पालो नयाँको ! नयाँले देखाइदिए त । लौ हेर, के हामीलाई माग्ने सोच्या छौं ? अरुलाई पनि नेपोबेबीका कुरा गर्ने हो त । हामी त कहाँ नेपोबेबी हो र ? बाउले कमाइदिएको ! सन्तानका लागि सम्पत्ति जोडिदिएको ! घुस खाएकै छैन । घुस खाको भए यत्रो सम्पत्ति हुन्छ ?

कसैका बाउले सरकारीमा जागिर खाका । कसैका बाउले सरकारी नियुक्ति खाका । उनै पुरानाले नै ख्वाका ! अहिले पो नयाँ भनेको छ ? फेरि नयाँ भनेको के भनेर सोध्ने होला ? नयाँ भनेको सबै किसिमको नयाँ ! विदेशीसँग बिहे गरेको नयाँ । डिभोर्स गरेको नयाँ । छोराछोरी उतै छाडेको नयाँ । काम नयाँ । दाम नयाँ । त्यस्तै परे भोलि भाग्नै परे पनि भाग्न तयार भएर बसेका नयाँ ? पुराना त खालि कमिसन खाका छन् । बैंक र सहकारीमा पैसा लुकाका छन् । छोराछोरी विदेशमा पठाका छन् । त्यस्तो पनि हुन्छ ? हामी त नयाँ उतै स्वास्नी छोराछोरी पहिले नै राखेर आका छौं । यो पो हो त तरिका !

खाए ए खाऊ, नखाए नखाऊ । हिजो पो तिम्रा लागि हो त अब त आफ्ना लागि । ‘आफू भलो त जगतै भलो’ भन्ने त्यसै भनेको छ ? हामी भलो गर्ने छौं । पहिले आफ्नो भलो । त्यसपछि आफन्तको भलो त्यसपछि समाजको भलो । भए भलो नभए चलो ! यो हो नि नयाँको पालो ।

नुन देखाएर सुन लुकाको पनि होइन । भएको पनि देखाएको होइन । भविष्यमा हुन सक्ने पो देखाएको त ! विचरा बाले कति सारो मिहेनत गरेर कमाको पो हो त ! नत्र २८ वर्षमा २८ करोड हुन्छ ? बाले आफ्नो छोराछोरीको भविष्यलाई बुझेर सम्पत्ति जोडिदिएको । अनि बेलैमा नामसारी गरिदिएको, अनि पो देखाको त !


ती झोलेजस्तो अरुकै नाममा राखेको भए पनि रिसाउनु । बाको सम्पत्ति खोजे कि हजुरबाको ? आफ्ना जे छन् त्यही देखाको । ‘झूठ बोले कौवा काटे’ भनेको त छैन । स्पष्ट, पारदर्शिता, सुन, सेयर, सम्पत्ति । तीन ‘स’ विशेष पारदर्शिता । त्यही भएर पो भनेको । अब पालो नयाँको ! नयाँ वर्षको सबैलाई शुभकामना तीन ‘स’ सहित सुनपानीको !
 


प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप विचार
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
गोली होइन, भोलि...
गोली होइन, भोलि... मंगलबार, साउन १२, २०८३
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर मंगलबार, साउन १२, २०८३
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था आइतबार, साउन १०, २०८३
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात !
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात ! मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP