काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४ बाट स्रोत नखुलेको नगद आठ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका-४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका-१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो ।
भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।