काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुली र उदयपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका-१० सिर्जनानगरबाट छ किलोग्राम गाँजासहित उदयपुरको कटारी नगरपालिका-८ आहालेका ३७ वर्षीय टेकबहादुर मगरलाई पक्राउ गरिएको हो ।
यसैगरी, सुनसरीको हरिनगरा गाउँपालिका-२ भुटाहा बजारबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल पाँच हजार ट्याब्लेटसहित सोही गाउँपालिका-६ का २१ वर्षीय अबजल अन्सारीलाई पक्राउ गरिएको छ ।
उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएर कानुनी कारबाही प्रारम्भ गरिएको छ ।