काठमाडौं- देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका-२६ मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका-२ बाट एक र माडी नगरपालिका-६ बाट दुई जनालाई पक्राउ गरिएको हो ।
यसैगरी, कैलालीको टीकापुर नगरपालिका-९ बालुवाटारबाट एक, सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट तीन, सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका-५ मुडेस्थित होटल दोलखा दर्शनबाट चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।
मोरङको उर्लाबारी नगरपालिका-२ डुम्रेबाट छ, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बाहुनडाँगी रोडबाट एक, बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट दुई, सर्लाही, विष्णु गाउँपालिका-५ फेन्हारा चोकबाट दुई, धादिङको गजुरी गाउँपालिका-२ रातमाटेबाट ३० किलोग्रामसहित एक र बर्दियाको मधुवन नगरपालिका-६ बाट एक जनालाई पक्राउ गरिएको जनाइएको छ ।