काठमाडौं- वैदेशिक रोजगारीमा मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मकाउ पठाइदिन्छु भन्नै रकम ठगी गरेको अभियोगमा राजेन्द्र खड्कालाई सोमबार प्रहरीले काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेकाे हाे ।
पक्राउ परेका राजेन्द्र खड्का काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्दै आएका ओखलढुङ्गा घर भएका ४५ वर्षीय हुन् ।राजेन्द्रले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ८३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।