Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
  • #नेफिन
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा
संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २४, २०८२

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिका-३ बरम्जामा संविधानसभा सदस्य गमबहादुर श्रीसले कृषि उद्यम सञ्चालन गरेका छन् । 
तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत, विसं २०६३ को अन्तरिम संसद् र २०६४ देखि २०७० सम्म संविधानसभा सदस्य रहेका श्रीसले राजनीतिज्ञसँगै कृषक र उद्यमलाई निरन्तरता दिएका हुन् । 

भूमिगत राजनीति र संविधानसभा सदस्यको कार्यकाल पूरा गरेपछि जन्मथलो फर्कएका उनले श्रीस कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर बाख्रापालन र सुन्तला खेती गरेका छन् । मध्यमवर्गीय पृष्ठभूमिका श्रीसले आत्मनिर्भरता र जीविकोपार्जनका लागि बाख्रापालन र सुन्तला खेती रोजेको बताए । 

दुई वटा बाख्रा र रु एक लाख लगानीबाट सुरु भएको श्रीसको फार्ममा हाल ३० वटा बाख्रा छन् । वार्षिक १५ देखि २० वटा खसीबोका बिक्री गरे। परम्परागत खाद्यान्न खेतीको विकल्पमा उनले खेतबारीमा लगाएको ३५० बोट सुन्तलाले उत्पादन दिन थालेका छन् ।

“नागरिकको अवस्था सुधार, आर्थिक, सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशिलतानै प्रमुख आधार हो,” उनले भने “पहाडी क्षेत्रमा आत्मनिर्भर र स्वरोजगारका लागि बाख्रापालन र सुन्तलाखेतीको सम्भावना देखाउनका लागि आफैँ अग्रसर भएको हो ।”

Hardik health

खरी र जमुनापारि जातका बाख्रा पालेका  छन् । केही समय खाद्यान्न पसलको डिलर सञ्चालन गरेका श्रीसले सुरुआतमा ताराखोलाबाट किनेर ल्याएको हावापानी नमिलेका कारण मरेर क्षति ब्यहोर्नु परे पनि निराश नभई व्यवसायलाई निरन्तरता दिएको सुनाए । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधुनिक र व्यवस्थित खोर निर्माण गरेका छन् । श्रीसको अगुवाइमा नमूना कृषक समूहमार्फत बरम्जाका १५ घरपरिवार किसानले व्यावसायिक बाख्रापालन गरेका छन् । बरम्जाका किसानले बाख्रापालन र सुन्तला खेतीका अलावा गाईभैँसीपालन गरेर दूध उत्पादन गरि तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन् ।

श्रीसले खाली जमिनमा बाख्रालाई आवश्यक पर्ने घाँस खेती गरेका छन् । श्रीससहित बरम्जाका किसानहरूलाई सुन्तला खेती विस्तार, बगैँचा सुदृढीकरण र सिँचाइ सुविधा विस्तारका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले सघाएका छन् । 

बिहान–बेलुकी र फुर्सदको समयमा बाख्रा तथा सुन्तलाको स्याहार सुसारमा व्यस्त हुने श्रीस स्थानीय सामाजिक गतिविधि पनि संलग्न छन् । हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहेका श्रीसले राजनीतिसँगै कृषि उद्यमलाई विस्तार र निरन्तरताको योजना बनाएका  छन् । 

माहुरीपालन सुरु गर्ने तयारीमा रहेका श्रीसलाई श्रीमती बिष्णुमती, छोरा र परिवारका सदस्यहरूले पनि साथ दिएका छन् । विद्यार्थीकालदेखि नै श्रीसमगर नेकपा (माओवादी) पार्टीमा आबद्ध हुनुभएको थियो । २०५८ सालदेखि उनी भूमिगत भएका थिए ।


 


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन सोमबार, चैत २, २०८२
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’ शुक्रबार, फागुन २९, २०८२
बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा बिहीबार, फागुन २८, २०८२
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा मंगलबार, फागुन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP