Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
समाचार
  • Home
  • समाचार
  • डिशहोम रिचार्ज अफरको नाममा ठगी, तीन जना पक्राउ
डिशहोम रिचार्ज अफरको नाममा ठगी, तीन जना पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २४, २०८२

काठमाडौं -डिशहोम रिचार्ज अफरको नाममा ठगी गर्ने  तीन जनालाई प्रहरीले पक्राउ गरकाे छ । डिशहोमको कर्मचारी हुँ भनी झुटो परिचय दिएर आकर्षक अफरको प्रलोभन देखाई ग्राहकहरूसँग रकम असुली ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका हुन्।

प्राप्त निवेदनका आधारमा अनुसन्धान अघि बढाउँदै जाँदा प्रहरी टोलीले चैत २२ गते उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाएको जनाएको छ।

पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई हाल काठमाडौं टोखा नगरपालिका–३ बस्ने २२ वर्षीया आरती सिंखडा, दोलखा भीमेश्वर नगरपालिका-८ घर भई हाल सोही स्थान बस्ने २२ वर्षीय विष्णु कार्की र रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-२ घर भई हाल काठमाडौं टोखा नगरपालिका–९ बस्ने ४७ वर्षीय असल सिंह तामाङ रहेका छन्।

Hardik health

प्रहरीका अनुसार उनीहरूले आफू डिशहोममा कार्यरत रहेको भन्दै नियमित ग्राहकहरूलाई फोन सम्पर्क गरी “१ वर्षको रिचार्ज गर्दा ४ महिनाको निःशुल्क रिचार्ज” अफर आएको भन्दै झुक्याउने गरेका थिए। त्यसपछि ग्राहकहरूबाट ईसेवा, खल्ती तथा बैंक खातामार्फत रकम लिने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनामा प्रयोग भएका डिशहोम इन्टरनेट सर्भिस ‘प्रविधि इम्पेक्स’ नामका ५ थान रसिद प्याड, ‘प्रविधि इम्पेक्स प्रा.लि.’ को १ थान छाप, आरती सिंखडाको नाममा जारी गरिएको डिशहोम फाइबरनेटको १ थान परिचयपत्र तथा विभिन्न व्यक्तिहरूको नाम, फोन नम्बर र हिसाबकिताब उल्लेख भएका २ थान कपी बरामद गरेको जनाएको छ।

अनुसन्धानका क्रममा मुख्य आरोपी आरती सिंखडाले विगत करिब ४ वर्षदेखि डिश मिडिया नेटवर्क अन्तर्गतका सब-डिलर तथा अनलाइन सेवामा काम गरेको पाइएको छ। सोही क्रममा उनले ग्राहकहरूको विवरण संकलन गरी उनीहरूसँग सम्पर्क गर्दै ठगी गर्ने गरेको खुल्न आएको छ।

प्रहरीका अनुसार, रकम लिइसकेपछि नक्कली छाप प्रयोग गरी रसिद दिने गरिएको थियो। आरती सिंखडाकै नम्बरबाट डिशहोमका ८६ वटा अकाउन्ट खोलिएको समेत फेला परेको छ। हालसम्म ३६४ जना ग्राहक ठगीमा परेको प्रारम्भिक अनुमान गरिएको छ भने २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको देखिएको छ। हालसम्म ७ जना पीडितले उजुरी दिएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP