काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य सामान्य बढेकाे छ । सुनको मूल्य आज ४ सय रुपैयाँ र चाँदीको मोल तोलामा ४० रुपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ८ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८ सय २० रुपैयाँमा कायम भएको छ ।
साेमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ४ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७८० रुपैयाँ कायम भएको थियाे ।