Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २३, २०८२

काठमाडौं- काठमाडाैं उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडाैं उपत्यकामा नियम उल्लंघन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ ।  पछिल्ला दिनहरूमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) तथा ट्राफिक नियम उल्लंघन पनि रहेको निष्कर्षपछि काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान नै सञ्चालन गरेको हो ।

उक्त अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी टोलीसहित आफैँ सडकमा खटिने गर्नु भएको छ भने ‘कन्ट्रोल रुम’मा बसेको टोलीले कहाँ कुन नम्बरको सवारीसाधनले नियम उल्लंघन गरेको छ, सो विषयमा जानकारी दिने गरेको बताइएको छ । ट्राफिक प्रहरीले बिहान सबेरै सार्वजनिक सवारीसाधनका चालकहरूलाई लक्षित गरी तथा दिउँसो र साँझतिर विशेषगरी दुईपाङ्ग्रे सवारीसाधनका चालकहरूलाई केन्द्रित गरेर विभिन्न स्थानमा चेकजाँच सुरु गर्ने गरेको छ । 
अहिले राजधानीका मुख्य चोक, व्यस्त सडक तथा दुर्घटना बढी हुने स्थानहरूमा ट्राफिक प्रहरी परिचालन गरी चालकहरूले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेका छन् वा छैनन् भन्ने परीक्षण गरिँदै आएको छ । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर उक्त अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार एक जना चालकले सार्वजनिक सवारीसाधनमा दर्जनौँ यात्रुको जिम्मेवारी बोकेको हुन्छ, त्यसैले चालकको सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

उनले भने, “एक जना चालकले दर्जनौँ यात्रु बोकेर यात्रा गराइरहेको हुन्छ । यदि त्यही चालकले मापसे वा लापसे गरेर सवारी चलायो भने दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिन्छ ? हाम्रो मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु हो । त्यसैले मापसे र लापसे गरेर सवारी चलाउने चालकविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ ।” ःट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत हालसम्म दर्जनौँ सार्वजनिक सवारीसाधनका चालकहरू मापसे र लापसे सेवन गरी सवारी चलाएको पाइएपछि कारबाहीमा परिसकेको जनाएको छ । पक्राउ परेका चालकहरूलाई ट्राफिक नियमअनुसार जरिवाना गर्नाका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

यसैबीच, ट्राफिक प्रहरीले अबदेखि मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी चलाउने, सडकका ‘डिभाइडर’मा ठोक्काएर सवारी चलाउने तथा यात्रुको ज्यान जोखिममा पार्ने चालकहरूको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी गरेको छ । लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति नियन्त्रण नगरेसम्म दुर्घटना न्यूनीकरण सम्भव नहुने भएकाले अब कडा कदम चाल्नुपर्ने अवस्था आएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक अधिकारी बताए । उनले भने, “लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति अब सह्य हुँदैन । यस्तो अवस्थामा केवल जरिवाना काटेर मात्रै पुग्दैन, आवश्यक परे चालकको लाइसेन्स नै खारेज गराउने प्रक्रिया अघि बढाइन्छ ।”

Hardik health

ट्राफिक प्रहरीले मापसे र लापसे विरुद्धको अभियानसँगै ट्राफिक नियम उल्लङ्न गर्ने सवारीसाधनका चालकहरूमाथि पनि कडाइ गर्न थालिएको र विशेषगरी ट्राफिक लाइटको पालना नगर्ने चालकहरूलाई निगरानीमा राखेर धमाधम कारबाही भइरहेको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार ट्राफिक लाइट उल्लंघन गरेर रातो बत्ती बल्दा पनि सवारी नरोकी अघि बढ्ने चालकहरूलाई विशेष निगरानीमा राखिएको प्रवक्ता सुवेदीले बताए । उनले भने, “रातो बत्ती बल्दा नरोकीकन सवारी चलाउने, दिउँसै मापसे गरेर गाडी वा बाइक चलाउने चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरेका छौँ । चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनका दर्जनौँ चालकहरू कारबाहीमा परेका छन् ।”

ट्राफिक प्रहरी प्रमुख अधिकारीका अनुसार आगामी दिनहरूमा पनि उपत्यकाका विभिन्न स्थानमा यस्ता चेकजाँच अभियानलाई निरन्तरता दिइनाका साथै चालकहरूलाई सचेतना कार्यक्रममार्फत ट्राफिक नियम पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा सुरक्षित यात्रा सुनिश्चित गर्न आग्रह गरिने छ ।

मापसे गरी सवारीसाधन चलाउने १२ जना कारबाहीमा
काठमाडाैं उपत्यका ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत आज बिहान गरेको सप्राइज चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १२ जना चालकलाई कारबाहीमा परेका छन् ।

उपत्यकाका विभिन्न स्थानमा गरिएको उक्त चेकिङका मापसे सेवन गरी सवारीसाधन चलाउने भाडा बस दुई, विद्यालय बस एक, भाडा मिनी ट्रक दुई, भाडा सुमो एक, भाडा माइक्रो एक, भाडा टेम्पो एक, पर्यटक भ्यान एक र निजी कार तीन वटा गरी १२ वटा सवारीसाधनका चालकहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले  जानकारी दिए । उनले भने, “आज हामीले विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ १२ जना चालकलाई कारबाही गरेका छौँ, हाम्रो अभियान निरन्तर जारी छ ।”

यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले लागूपदार्थ तथा मादकपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बरमा खबर गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबैमा आग्रह गरेको छ ।
 


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ सोमबार, चैत २३, २०८२
चार दिनमा दुई सय २६ जना पक्राउ
चार दिनमा दुई सय २६ जना पक्राउ आइतबार, चैत २२, २०८२
वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ
वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ शुक्रबार, चैत २०, २०८२
एसईईमा नक्कली परीक्षार्थी पक्राउ
एसईईमा नक्कली परीक्षार्थी पक्राउ शुक्रबार, चैत २०, २०८२
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ शुक्रबार, चैत २०, २०८२
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ बिहीबार, चैत १९, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP