काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य सामान्य घटेकाे छ । सुनको मूल्य आज २ हजार ६ सय रुपैयाँ र चाँदीको मोल तोलामा ५० रुपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ४ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७ सय ८० रुपैयाँमा कायम भएको छ ।
गत शुक्रबारदेखि नै छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८३० रुपैयाँ आईतबार पनि साेहि कायम भएको थियाे ।