काठमाडौं- स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८३० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।