काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा सात हजार ४०० रुपैयाँ र चाँदी १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ रुपैयाँ कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८४५ रुपैयाँ कायम भएको थियो । सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो ।
गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।