काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदी भाउ घढेकाे छ । सुन तोलामा ४ हजार ६०० रुपैयाँ र चाँदी भने १ सय ५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६ सय ७० रुपैयाँ कायम भएको छ ।
विहीबार एक तोला सुन २ लाख ८५ हजार ६ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८ सय २० रुपैयाँ कायम भएको थियो ।