काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भन्दै रकम गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।
तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-७ बस्ने गुल्मी, गुल्मी दरबार गाउँपालिका-४ घर भएका ४५ वर्षीय रबिन्द्र जंग रायमाझीलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।
रबिन्द्रले क्रोएशिया पठाइदिन्छु भनी ३ जना पीडितहरूबाट ११ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।