काठमाडौं- स्थानीय बजारमा आज सुनकाेचाँदी भाउ घढेकाे छ । सुन तोलामा २ हजार ९०० रुपैयाँ र चाँदी भने १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८ सय २० रुपैयाँ कायम भएको छ ।
बुधबार एक तोला सुन २ लाख ८८ हजार ५ रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९ सय २० रुपैयाँ कायम भएको थियो ।