काठमाडौं- स्थानीय बजारमा आज सुनकाेचाँदी भाउ बढेकाे छ । सुन तोलामा १४ हजार ६०० रुपैयाँ र चाँदी भने ४ सय १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ९ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९ सय २० रुपैयाँ कायम भएको छ ।
मंगलबार एक तोला सुन २ लाख ७३ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ५ सय ५ रुपैयाँ कायम भएको थियो ।