काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार विराटनगर महानगरपालिका-१५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो ।
सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका-४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१२ बाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट दुई, बाँकेका दुई, रूकुम पूर्वको, भूमे गाउँपालिका-२ बाट दुई जनालाई पक्राउ गरिएको हो ।