काठमाडौं- स्थानीय बजारमा आज सुनकाे मूल्य घटेको छ भने चाँदी भाउ बढेकाे छ । सुन तोलामा १ हजार ६०० रुपैयाँ घट्दा र चाँदी भने ८० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५ सय ५ रुपैयाँ कायम भएको छ ।
हिजो आईतबार एक तोला सुन २ लाख ७५ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको थियो ।