काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा ६ हजार ५०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।
हिजो आईतबार एक तोला सुन २ लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ४ सय ४० रुपैयाँ कायम भएको थियो ।