काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा १२ हजार ५०० रुपैयाँ र चाँदी ३ सय ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।
हिजो शुक्रबार एक तोला सुन २ लाख दुई हजार ९४ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८ सय ८५ रुपैयाँ कायम भएको थियो ।