काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ४०० रुपैयाँ र चाँदी १४० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको छ ।
हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० रुपैयाँ कायम भएको थियो । गत मङ्गलवार एक तोला छापावाल सुन तीन लाख नौ हजार ९०० रुपैयाँ र एक तोला चाँदी पाँच हजार ३३५ रुपैयाँ कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।