काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा २ हजार २ सय रुपैयाँ र चाँदीको मोल १ सय ८५ रुपैयाँले घटेकाे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार १ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
मंगलबार एक तोला सुन तीन लाख ९ हजार ९सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ३सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।