काठमाडौं- प्रहरी परिसर काठमाडौंले फागुन महिनामा जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान,कार्यसम्पादन र सुरक्षा विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार फागुन महिनामा जिल्लाभर २७३ वटा मोबाइल चोरी भएको उजुरी प्रहरीले जनाएकाे हाे ।
जिल्ला प्रहरी परिसरले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मोबाइल हराउने र चोरी हुने क्रम बढ्दो देखिएको छ। 'मोबाइल खोजतलास' अभियान अन्तर्गत प्रहरीमा विभिन्न विधामा निवेदनहरू प्राप्त भएका छन्।
जसमा सबैभन्दा धेरै २७३ वटा मोबाइल चोरी भएको उजुरी परेका छन् । त्यसैगरी, २३१ वटा मोबाइल हराएको, ८६ वटा पकेटमारी भएको र १६९ वटा मोबाइल फेला परेको प्रहरी विवरणमा उल्लेख छ।
।