काठमाडौं- आईतबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको सामान्य मूल्य बढेको छ । सुनकोे मूल्य तोलामा १०० रुपैयाँ बढेकाे र चाँदीको मोल ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार २६५ रुपैयाँ निर्धारण भएको छ ।
आईतबार एक तोला सुन तीन लाख ९ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।