काठमाडौं- बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य दुई हजार ८०० रुपैयाँले र चाँदीको मोल २० रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ४९५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो बिहीबार एक तोला सुन तीन लाख १७ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार तीन लाख १९ हजाररुपैयाँमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको थियो ।
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको थियो । सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ११८ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।