Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख
चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २५, २०८२

एएनआई- पछिल्ला वर्षहरूमा विश्वव्यापी हतियार कारोबारको ढाँचामा उल्लेखनीय परिवर्तन देखिँदै गएको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को नयाँ प्रतिवेदनअनुसार पाकिस्तान चीनबाट हतियार आयात गर्ने सबैभन्दा ठूलो देश बनेको हाे ।

सन् २०२१-२५ को अवधिमा चीनले निर्यात गरेको प्रमुख हतियारको करिब ६१ प्रतिशत हिस्सा पाकिस्तानमै पुगेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार पाकिस्तानको कुल हतियार आयातमध्ये करिब ८० प्रतिशत चीनबाट आएको छ । सन् २०१६-२० को अवधिमा चीनबाट आउने हिस्सा ७३ प्रतिशत रहेको थियो । यो पछिल्लो अवधिमा अझ बढेको देखिन्छ । चीनले यस अवधिमा ४७ देशलाई प्रमुख हतियार आपूर्ति गरे पनि यसको सबैभन्दा ठूलो हिस्सा पाकिस्तानतर्फ गएको तथ्य प्रतिवेदनले औँल्याएको छ ।

सिप्रीका अनुसार सन् २०१६–२० मा विश्वका प्रमुख हतियार आयातकर्तामध्ये दशौँ स्थानमा रहेको पाकिस्तान सन् २०२१-२५ मा पाँचौँ स्थानमा उक्लिएको छ । यी दुई अवधिबीच पाकिस्तानको हतियार आयात ६६ प्रतिशतले बढेको छ । यो विश्वव्यापी कुल हतियार आयातको करिब ४.२ प्रतिशत हिस्सा हो ।

प्रतिवेदनले दक्षिण एसियामा भारतको अवस्थाबारे पनि उल्लेख गरेको छ । सन् २०२१-२५ मा कुल विश्वव्यापी हतियार आयातको ८.२ प्रतिशत हिस्सा ओगट्दै भारत विश्वको दोस्रो ठूलो हतियार आयातकर्ता बनेको सिप्रीले जनाएको छ । प्रतिवेदन अनुसार भारतको हतियार आयात मुख्यतः चीन र पाकिस्तानसँगको तनावपूर्ण सम्बन्धका कारण प्रेरित भएको देखिन्छ । यी दुई देशबीचको तनावले समय-समयमा सैन्य झडपको रूप लिने गरेको उल्लेख गर्दै प्रतिवेदनले मे २०२५ मा भारत र पाकिस्तानबीच छोटो समयका लागि भएको द्वन्द्वमा दुवै पक्षले आयातित हतियार प्रयोग गरेको जनाएको छ ।

Hardik health

यद्यपि पछिल्लो दशकमा भारतको कुल हतियार आयातमा केही गिरावट आएको प्रतिवेदनले देखाएको छ । सन् २०१६-२० र २०२१-२५ को अवधिबीच भारतको हतियार आयात करिब ४ प्रतिशतले घटेको उल्लेख गर्दै यसलाई घरेलु रूपमा हतियार डिजाइन तथा उत्पादन गर्ने क्षमताको विस्तारसँग जोडिएको बताइएको छ । यद्यपि स्वदेशी उत्पादनमा अझै ढिलाइ हुने प्रवृत्ति रहेको प्रतिवेदनले औँल्याएको छ ।

यसका बावजूद भारत अझै धेरै प्रमुख सैन्य प्रणालीका लागि विदेशी आपूर्तिकर्तामाथि निर्भर रहेको सिप्रीले जनाएको छ । प्रतिवेदन अनुसार फ्रान्सबाट १४० लडाकू विमान र जर्मनीबाट छवटा पनडुब्बी खरिद गर्ने भारतको योजना तथा अर्डरहरूले विदेशी स्रोतमा निर्भरता अझै कायम रहने सङ्केत गर्छन् ।

पछिल्ला वर्षहरूमा भारतले हतियार खरिदको स्रोत पनि विस्तार गरेको देखिन्छ । परम्परागत रूपमा रुसबाट ठूलो मात्रामा हतियार खरिद गर्दै आएको भारतले अहिले पश्चिमी देशहरूतर्फ झुकाव बढाएको प्रतिवेदनले जनाएको छ । विशेषगरी फ्रान्स, इजरायल र संयुक्त राज्य अमेरिकाबाट खरिद बढेको छ । भारतीय हतियार आयातमा रुसको हिस्सा सन् २०११-१५ मा ७० प्रतिशत रहेकोमा सन् २०१६-२० मा ५१ प्रतिशत र सन् २०२१-२५ मा ४० प्रतिशतमा झरेको प्रतिवेदनले उल्लेख गरेको छ ।

सिप्री आम्र्स ट्रान्सफर कार्यक्रमका वरिष्ठ अनुसन्धानकर्ता सिमोन वेजम्यानका अनुसार चीनको बढ्दो सैन्य क्षमता र यसको रणनीतिक उद्देश्यबारेको चिन्ताले एसिया तथा ओसिनियाका धेरै देशको रक्षा नीतिमा प्रभाव पारिरहेको छ । उहाँका अनुसार यस क्षेत्रका धेरै देश अझै आयातित हतियारमा निर्भर छन् ।

वेजम्यानले दक्षिण एसियाको उदाहरण दिँदै भारतले ठूलो मात्रामा हतियार आयात गर्नुको मुख्य कारण चीनबाट देखिएको चुनौती र चीनबाट ठूलो मात्रामा हतियार प्राप्त गर्ने पाकिस्तानसँगको लामो समयदेखिको द्वन्द्व रहेको उल्लेख गरेका छन्। उनका अनुसार सन् २०२५ मा भारत र पाकिस्तानबीच भएको सैन्य तनावका क्रममा पनि आयातित हतियार प्रयोग गरिएको थियो र दुवै देश आणविक शक्ति सम्पन्न राष्ट्र हुन् ।

सिप्रीको विश्लेषणले सन् २०२१–२५ को अवधिमा विश्वव्यापी हतियार आयातको ठूलो हिस्सा केही सीमित देशहरूमा केन्द्रित रहेको देखाएको छ । युक्रेन, भारत, साउदी अरेबिया, कतार र पाकिस्तानले संयुक्त रूपमा विश्वव्यापी कुल हतियार आयातको करिब ३५ प्रतिशत हिस्सा ओगटेका छन् ।

विश्वव्यापी हतियार निर्याततर्फ हेर्दा संयुक्त राज्य अमेरिका सबैभन्दा ठूलो निर्यातकर्ता बनेको छ । यस अवधिमा विश्वव्यापी हतियार निर्यातको ४२ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको प्रतिवेदनमा उल्लेख छ । फ्रान्स ९.८ प्रतिशत हिस्सासहित दोस्रो ठूलो निर्यातकर्ता बनेको छ भने रूस ६.८ प्रतिशत हिस्सासहित तेस्रो स्थानमा रहेको छ ।

पछिल्ला वर्षहरूमा रूसको हतियार निर्यातमा उल्लेखनीय गिरावट आएको पनि प्रतिवेदनले देखाएको छ । सन् २०१६-२० मा विश्वव्यापी हतियार निर्यातको २१ प्रतिशत हिस्सा रहेको रूसको निर्यात सन् २०२१-२५ मा घटेर ६.८ प्रतिशतमा झरेको छ । अल्जेरिया, चीन र इजिप्ट जस्ता प्रमुख ग्राहक देशहरूमा निर्यात घट्नु यसका मुख्य कारणका रूपमा उल्लेख गरिएको छ ।

यसैबीच युक्रेनमा जारी युद्ध र बढ्दो सुरक्षा चिन्ताका कारण युरोपमा हतियार आयात उल्लेखनीय रूपमा बढेको छ । प्रतिवेदनका अनुसार सन् १९६० पछि पहिलो पटक विश्वव्यापी हतियार आयातमा युरोपले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । हाल विश्वव्यापी हतियार आयातमा युरोपको हिस्सा ३३ प्रतिशत रहेको छ भने एसिया तथा ओसिनियाको ३१ प्रतिशत र पश्चिम एसियाको २६ प्रतिशत हिस्सा रहेको प्रतिवेदनले जनाएको छ । 


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP