Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ११, २०८३

नयाँदिल्ली- अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला महिनामा देखिएको व्यापार तनावबीच पनि रणनीतिक, आर्थिक तथा सुरक्षा सहकार्यलाई पुनः सुदृढ गर्ने प्रयासलाई अघि सारेको छ । भारत-अमेरिका सम्बन्धमा देखिएका अस्थायी असहमतिका बीच दुवै देशले दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने सङ्केत दिएका छन् ।

आइतबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटवार्तामा रुबियोले प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँग व्यापार, ऊर्जा, रक्षा र समुद्री सुरक्षामा सहकार्य विस्तार गर्ने विषयमा जोड दिए । उनले दुई देश रणनीतिक रूपमा एकताबद्ध रहेको उल्लेख गर्दै व्यापक व्यापार सम्झौताप्रति सकारात्मक आशावाद व्यक्त गरे ।

रुबियोको चार दिने भारत भ्रमणको एउटा महत्त्वपूर्ण पक्ष क्वाडअन्तर्गत हुने छलफल पनि हो, जसमा भारत, अमेरिका, अस्ट्रेलिया र जापान सहभागी छन् । इन्डो-प्यासिफिक क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न यो गठबन्धनलाई महत्त्वपूर्ण मञ्चका रूपमा लिइन्छ ।हालका महिनामा भारत-अमेरिका सम्बन्धमा देखिएको व्यापारिक तनावले यस भ्रमणलाई थप अर्थपूर्ण बनाएको छ । अमेरिकी प्रशासनले भारतीय निर्यातमा लगाएको कडा शुल्क र त्यसमा भारतको रूसी तेल खरिदसम्बन्धी असहमतिको प्रभावले सम्बन्धमा केही असन्तुलन देखिएको थियो । उक्त कदमप्रति भारतीय पक्ष असन्तुष्ट बनेको र वासिङ्टनप्रति विश्वसनीयतासम्बन्धी प्रश्न उठेको बताइन्छ ।

पछि दुवै देशबीच अन्तरिम व्यापार व्यवस्था भएको छ । सोअन्तर्गत केही शुल्कहरू घटाइएका छन् र अमेरिकी ऊर्जा उत्पादनसहितका वस्तुहरूको भारतीय खरिद विस्तार गरिएको छ । यद्यपि, विस्तृत व्यापार सम्झौतासम्बन्धी वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन ।

Hardik health

तनावका बाबजुद रक्षा र प्रविधि क्षेत्रमा सहकार्य निरन्तर अघि बढिरहेको छ । वासिङ्टनले भारतलाई इन्डो-प्यासिफिक क्षेत्रमा चीनको प्रभाव सन्तुलन गर्ने प्रमुख साझेदारका रूपमा हेर्दै आएको छ । आइतबार जयशङ्करसँगको वार्तामा रुबियोले भारतलाई अमेरिकाको अत्यन्त महत्त्वपूर्ण रणनीतिक साझेदारका रूपमा उल्लेख गर्नुभएको थियो र छिट्टै द्विपक्षीय व्यापार सम्झौता टुङ्गोमा पुग्ने आशा व्यक्त गरेका थिए। उनले यसै वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीलाई वासिङ्टन भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणा पनि हस्तान्तरण गरेका छन् ।

क्वाडको भूमिकाबारे आगामी दिनमा हुने छलफललाई पनि यस भ्रमणले थप गति दिने अपेक्षा गरिएको छ । मङ्गलबार भारत, अस्ट्रेलिया र जापानका विदेशमन्त्रीहरूसँग हुने बैठकमा समुद्री सुरक्षा, आपूर्ति शृङ्खला र क्षेत्रीय रणनीतिबारे छलफल हुने बताइएको छ । चीनले इन्डो-प्यासिफिक क्षेत्रमा आफ्नो सैन्य तथा आर्थिक प्रभाव विस्तार गरिरहेको सन्दर्भमा क्वाडलाई महत्त्वपूर्ण रणनीतिक सन्तुलनकारी मञ्चका रूपमा हेरिन्छ ।

विश्लेषकहरूका अनुसार, विशेषगरी इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण डोन्टीले चीनसँग सम्बन्धित अमेरिकी नीतिमा हुने कुनै पनि परिवर्तनले भारतको रणनीतिक महत्त्वमा असर पार्न सक्ने बताए । उनका अनुसार भारतको विश्वव्यापी भूमिका धेरै हदसम्म चीनलाई सन्तुलन गर्ने क्षमतासँग जोडिएको छ ।

यसैबीच इरान-सम्बन्धी युद्धले पनि भारतको ऊर्जा सुरक्षामा थप दबाब सिर्जना गरेको छ । हर्मुज जलघाँटीमार्फत हुने कच्चा तेल आपूर्तिमा देखिएको जोखिम र अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्यले भारतीय अर्थतन्त्रमा थप चुनौती थपेको छ । विदेशमन्त्री जयशङ्करले भारतले ऊर्जा आपूर्तिकर्ता विविधीकरण गर्दै अमेरिका लगायत अन्य मुलुकबाट ऊर्जा आयात विस्तार गरिरहने बताएका छन् । उनका अनुसार भारतको उद्देश्य ऊर्जा बजारलाई स्थिर, खुला र उपभोक्तामैत्री बनाउनु हो ।

युक्रेन युद्धपछि भारतले रूसी कच्चा तेल छुटमा खरिद गर्दै आएको विषयले पनि वासिङ्टनसँग कहिलेकाहीँ असहमति पैदा गरेको छ । त्यसका बाबजुद अमेरिका भारतलाई ऊर्जा स्रोत विविधीकरण गर्न अमेरिकी तेल र ग्यास खरिद बढाउन आग्रह गर्दै आएको छ । रुबियोले पनि आफ्ना भेटवार्तामा ऊर्जा सहकार्यलाई उच्च प्राथमिकतामा राखेका छन् ।

आधिकारिक कूटनीतिक वार्ताका अतिरिक्त रुबियोको भारत भ्रमण सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको अवलोकनमा पनि केन्द्रित रहेको छ । उनले कोलकातास्थित मदर टेरेसाद्वारा स्थापित मिसनरीज अफ च्यारिटी मुख्यालयको भ्रमण गरे छ । साथै अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा नयाँदिल्लीमा आयोजित विशेष समारोहमा पनि उनी सहभागी भएका थिए।    भ्रमणका क्रममा उनले भारतका ऐतिहासिक सहर आगरा र जयपुरको पनि भ्रमण गर्ने छन् । यी सहर आफ्नो सांस्कृतिक सम्पदा, किल्ला र स्मारकका कारण विश्वभर प्रसिद्ध पर्यटन गन्तव्यका रूपमा चिनिन्छन् ।


प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP