काठमाडौं- स्थानीय बजारमा आज तोलामा सुनचाँदीको मूल्य घटेकाे छ । सुनकाे मूल्य आज प्रतिताेला ३ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य प्रतिताेला ६५ रुपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य मूल्यमा प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँ कायम भएकाे छ । त्यस्तै एक तोला चाँदीको मोल ५ हजार ४सय १० रुपैयाँ कायम भएको महासंघले जनानएकाे छ ।
त्यस्तै, आईतबार एक सुनकाे प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँ कायम भएको र एक तोला चाँदीको मोल ५ हजार ४ सय ७५ रुपैयाँ कायम भएको थियो ।