काठमाडौं- स्थानीय बजारमा आज तोलामा सुनचाँदीको मूल्य घटेकाे छ । सुनकाे मूल्य आज प्रतिताेला ४ हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतिताेला ९५ रुपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य मूल्यमा प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँ कायम भएकाे छ । त्यस्तै एक तोला चाँदीको मोल ५ हजार ४सय ४५ रुपैयाँ कायम भएको महासंघले जनानएकाे छ ।
त्यस्तै, बिहीबार एक सुनकाे प्रतितोला तीन लाख १७ हजार ६०० रुपैयाँ कायम भएको र एक तोला चाँदीको मोल ५ हजार ५ सय ४० रुपैयाँ कायम भएको थियो ।