Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • रूसमा युद्धविरुद्ध महिलाको मौन प्रतिरोध
रूसमा युद्धविरुद्ध महिलाको मौन प्रतिरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २१, २०८२

मस्को- रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षपछि पनि देशभित्र युद्धविरुद्ध असन्तुष्टि पूर्ण रूपमा हराएको छैन, तर कडा सरकारी दमनका कारण धेरै आवाजहरू मौन बनेका छन् । आफ्नो नाम परिवर्तन गरेर ‘वरवारा’ राख्न अनुरोध गरेकाे मस्कोकी ३२ वर्षीया एक महिलाले अहिले खुलेर विरोध गर्न नसके पनि युद्धप्रति असहमति बोकेर चुपचाप बाँचिरहेको अनुभव सुनाए ।

फेब्रुअरी २४, २०२२ मा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि ठूलो सैन्य आक्रमण सुरु गर्दा उनले ‘निराशा र क्रोध’ महसुस गरेका थिए । त्यसबेला उनी मस्कोको केन्द्रमा आयोजित युद्धविरोधी प्रदर्शनमा सहभागी भएका थिए । तर चार वर्षपछि अवस्था पूर्ण रूपमा बदलिएको छ । अहिले उनले आफू केवल ‘बाँच्ने प्रयास’ गरिरहेको र सार्वजनिक रूपमा युद्ध वा क्रेमलिनको आलोचना गर्ने साहस नगर्ने बताए ।

उनका अनुसार रूसभित्र अहिले तलबाट उठ्ने कुनै पनि प्रकारको विरोध तुरुन्तै दबाइने वातावरण बनेको छ । “तलबाट आउने कुनै पनि प्रतिरोधलाई दमन गरिनेछ”, उनले मस्कोमा एएफपीसँगको अन्तर्वार्तामा भने । युद्ध सुरु भएपछि रूसले सोभियत सङ्घको समयपछि नदेखिएको स्तरमा घरेलु दमन कडा बनाएको छ । आक्रमणको विरोधमा बोलेका हजारौँ मानिसलाई जरिवाना वा जेल सजाय दिइएको छ । सार्वजनिक रूपमा क्रेमलिनविरुद्ध प्रदर्शन लगभग बन्द जस्तै भएको छ । प्रमुख विपक्षी नेताहरू जेलमा छन्, निर्वासनमा छन् वा मृत अवस्थामा भेटिएका छन् भने विदेशमा रहेका युद्धविरोधी समूहहरू आन्तरिक मतभेदमा अल्झिएका छन् ।

युद्धको सुरुआतमा वरवारा पनि हजारौँ मानिसझैँ सडकमा उत्रिनुभएको थियो । रूसी दङ्गा प्रहरीले ती प्रदर्शनहरू कडा रूपमा दबाएको थियो । उनले त्यतिबेला आफूलाई के हुन सक्छ भन्ने थाहा नभए पनि प्रदर्शनमा सहभागी भएको बताए । गिरफ्तारी हुन सक्ने डरले उनले घरपरिवारलाई तयारी गराएका थिए ।

Hardik health

“मलाई गिरफ्तार हुन सक्छ भन्ने थाहा थियो, त्यसैले घरमा चाबीको अर्को सेट छोडेकी थिएँ”, उनले स्मरण गरे, “म अनुपस्थित हुँदा मेरो बिरालो भोकै नबसोस् भन्ने पनि सोचेकी थिएँ ।” उनी गिरफ्तारीबाट जोगिन सफल भए, तर युद्धविरोधी याचिकामा हस्ताक्षर गरेपछि उहाँलाई सरकारी संस्थासँग सम्बन्धित जागिरबाट हटाइएको थियो । त्यसपछि उहाँका धेरै साथीहरू, जसलाई केही समय प्रहरीले हिरासतमा लिएको थियो, देश छोडेर बाहिर गएका थिए ।

तर वरवराले भने रूस छोड्ने निर्णय लिन सक्नुभएन । उनका अनुसार बसाइँ सर्ने अनिश्चितता र जोखिमभन्दा देशमै बस्ने विकल्प सजिलो लाग्यो । “मलाई तत्काल शारीरिक खतरा महसुस भएको थिएन । कसैले मेरो ढोकामा ढकढक्याएको थिएन, मलाई जेल हालिएको वा यातना दिइएको थिएन”, उनले भने ।

पछि उनले एउटा परोपकारी संस्थामा काम पाए । त्यहीँ काम गर्दै उहाँले देशभित्रै ‘जहाँ सकिन्छ त्यहाँ केही राम्रो गर्ने’ प्रयास नै अहिले सम्भव भएको एक मात्र मार्ग भएको महसुस गरे । सन् २०२२ को गर्मीमा उनले आफ्नो भावी पतिलाई भेटे। दुवैले गिरफ्तारीको जोखिम आए मात्रै देश छोड्ने निर्णय गर्ने सहमति गरेका थिए । अहिले उनी आफ्नो पतिको अघिल्लो विवाहबाट जन्मिएका दुई बच्चाको हेरचाह पनि गर्दै छन्  ।

उनका अनुसार यही पारिवारिक जिम्मेवारीले आफूलाई चुप रहने निर्णयमा अझ दृढ बनाएको छ । “यदि म एक्लै हुन्थेँ भने सायद आफ्नो नाम लुकाउँदिनथेँ”, उनले भने, “तर अहिले म सौतेनी आमा हुँ, जटिल पारिवारिक संरचनाको हिस्सा हुँ र जिम्मेवारी महसुस गर्छु ।”

युद्धले उनको निजी जीवनमा पनि गहिरो प्रभाव पारेको छ । लामो समयसम्म उनलाई सामान्य खुशी अनुभव गर्न पनि गाह्रो भएको थियो । दुई वर्षपछि मात्र उनले एक दिन निस्फिक्री हिँड्दै गर्दा आफू दोषबोधबिना खुसी महसुस गर्न सकेको सम्झिए । “एक दिन हामी साथीहरू सँगै हिँडिरहेका थियौँ । मौसम राम्रो थियो, हामी केवल कुरा गरिरहेका थियौँ”, उनले भने, “त्यतिबेला मैले महसुस गरेँ—यो एउटा राम्रो दिन हो, र यसलाई रमाइलो मान्दा म दोषी महसुस गरिरहेकी छैन ।”

उनी अहिले आफ्ना सौतेनी सन्तानहरूको हेरचाहलाई एक प्रकारको ‘पलायन’ जस्तै ठान्नुहुन्छ । तर युद्धको छायाँ उनको दैनिक जीवनबाट हटेको छैन । परोपकारी कामका क्रममा पनि कससँग सहयोग लिने वा कससँग काम गर्ने भन्ने विषयमा उनी सधैँ सजग रहनुपर्ने बताए, किनकि धेरै संस्था र व्यक्तिहरू कुनै न कुनै रूपमा सैन्य अभियानसँग जोडिएका हुन सक्छन् ।

उनको पारिवारिक सम्बन्ध पनि युद्धले जटिल बनाएको छ । उनका पिता रूसको सुरक्षा सेवामा कार्यरत हुनुहुन्छ र युक्रेनमा लड्न गएको थियो । उनले छोरीलाई आर्थिक सहयोग पनि पठाउने गरे ।     तर वरवराले त्यो सहयोग स्वीकार गर्न अस्वीकार गरेका छन् । “उहाँ मेरा पिता हुनुहुन्छ, म उहाँलाई माया गर्छु”, उनले भने  “तर मेरो लागि त्यो पैसा स्वीकार गर्न सम्भव छैन ।”
 


प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP