काठमाडौं- रौतहटको गढीमाई नगरपालिका-९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा लिएकाे छ । सुरक्षामा खटिएकाे सशस्त्र प्रहरी बलले लुटपाट गर्न खोज्ने दुई युवकलाई नियन्त्रणमा लिएकाे हाे ।
लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले बताए । मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेका हुन् । लुटपाट गर्न खोज्ने तीनमध्ये एक जना भने फरार रहेका छन् । निजको खोजी भइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरको ‘स्ट्राइकिङ’ टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । जिल्लाको राजदेवी नगरपालिका-८ बस्ने धमेन्द्र राय यादव र निजको श्रीमती चन्चला सवार मोटरसाइकल रोकेर गहना लुटपाट गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।